सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको छस् प्रधानमन्त्री ओली

दलित अनलाईन १ श्रावण २०७५, मंगलवार १९:०८

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताउनुभएको छ ।

आज नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू बिचलित नहुने बताउनुभएको छ । “संविधान,नियम,कानुन र विधि अनुसार सरकारले काम गर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जसले जे माग राख्यो त्यो पुरा गर्ने,कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस सरकारका उद्धेश्य अन्य सरकारका भन्दा फरक छन् । वर्तमान सरकारले देशलाई थितीमा हिडाउन चाहेको छ ।”

जनताले सरकारलाई सुम्पिएको अभिभारा गर्नेमा कुनै सन्देह नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “सरकारले जनताका आकांक्षा पुरा गर्छ भन्ने बुझेका विरोधीहरुले,सामाजिक न्याय हुन नदिनेहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।”

दुई –चार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । “चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति,निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत ग¥यो । ”

पार्टी कार्यलयमा प्रधानमन्त्री ओलीलाई विभिन्न संघ संस्थाहरुले मागपत्र बुझाएका छन् । एयर बंगालको विमान दुर्घटनामा मृत्यू भएका परिवारका आफन्त,पूर्व जनमुक्ति सेना,द्वन्द्व पिडित सुरक्षाकर्मीका परिवार,सामाजिक परिचालक संघ,मुस्कान सेना,जिफन्ट लगायतका संघसंस्थाले प्रधानमन्त्रीलाई माग पत्र बुझाएका छन् ।

पार्टी कार्यकर्ता र सर्वसारधणसँग भेटघाट गर्नका लागि प्रधानमन्त्री ओली महिनाको पहिलो दिन केन्द्रीय कार्यलय धुम्बाराही र १५ गते पार्टी केन्द्रीय कार्यलय पेरिस डाँडा जाने कार्यक्रम छ । यस्तो भेटघाटको आज पहिलो दिन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank