प्रचण्डको अभिव्यक्तीविरुद्ध रिट दर्ता हुने 

दलित अनलाईन १९ फाल्गुन २०७९, शुक्रबार २१:०३

काठमाडौं — सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तीविरुद्ध पेश भएको रिट दर्ता हुने भएको छ । उक्त रिट यस अघि सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । शुक्रबार सर्वोच्चकै इजलासबाट रिट निवेदन दर्ता गर्न आदेश भएको छ ।

अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय इजलासबाट बदर भएको छ ।  १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने गरि दिएको अभिव्यक्तिलाई लिएर द्वन्द पीडितले रिट दिएका हुन् ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यही विषयलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

प्रशासनको दरपीठ आदेशविरुद्ध निवेदकहरु सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । शुक्रबार भएको सुनुवाइपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो । रिट आइतबार दर्ता हुने भएको छ ।

सशस्त्र द्वन्द्वकालमा मारिएकाहरुको हकमा प्रचण्डले सार्वजनिक रुपमै  जिम्मेवारी लिएकाले रिट्मा छानबिनको माग छ ।

पीडितको अर्को रिट निवेदन पनि सोही इजलासको आदेश अनुरुप दर्ता हुने  भएको छ । द्वन्द्वका कारण विस्थापित, घाइते र सम्पत्ति हरण भएकाहरुले संलग्नमाथि कारवाही र आफूलाई भरणपोषणको व्यवस्था हुनुपर्ने माग अर्को रिट्मा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank