पूर्वगृहमन्त्री बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा पक्राउ

दलित अनलाईन २७ बैशाख २०८०, बुधबार ११:००

काठमाडौं — नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई बुधबार बिहान उनकै निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

CG

मैजुबहालस्थित निवासबाट पक्राउ गरेर खाँणलाई हाल प्रहरी परिसरमा ल्याइएको छ । सोधपुछ पछि उनलाई छाड्ने कि हिरासतमै राख्ने भन्नेबारे निर्णय लिने नेपाल प्रहरी स्रोतले बताएकाे छ ।

Shivam Cement

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank