लामो समयदेखि एउटै मुद्दामा ध्यानाकर्षण भयो, अब अगाडि बढौँ : सभामुख

दलित अनलाइन असार २५, २०८३

काठमाडौं — आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई लिएर प्रतिपक्षले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छन्।

बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरू आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएपछि सभामुख डीपी अर्यालले सदनलाई सम्बोधन गर्दै एउटै विषयमा पटक–पटक सबै सांसदले बोलिरहनुभन्दा विपक्षी दलको तर्फबाट एक जना प्रतिनिधिले धारणा राखेपछि बैठकलाई अघि बढाउन आग्रह गरेका थिए।

सभामुख अर्यालले भने, ‘विपक्षी बेन्चतर्फ सबै माननीय सदस्य उठ्नुभएको छ। हामी लामो समयदेखि एउटै मुद्दामा विपक्षीतर्फका माननीय सदस्यले ध्यानाकर्षण गराउँदै आउनुभएको छ। सबै जनाको कुरा सुन्दा विषयवस्तु अन्तिममा एउटै हुन्छ। सभालाई मर्यादित बनाउन र समयको ख्याल गर्नका लागि विपक्षी दलको तर्फबाट एक जना माननीय सदस्यले बोलेर आजको बैठक अगाडि बढाउन अनुरोध गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank