रमेश लेखकलाई सरकारी वकिल कार्यालय लगियो

दलित अनलाइन चैत्र १५, २०८२

काठमाडौँ —  २३ भदौको आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं लगेको छ।

म्याद थपसम्बन्धि प्रक्रियाका लागि प्रहरीले उनलाई सरकारी वकिल कार्यालय लगेको हो।  एमाले अध्यक्ष केपी ओलीलाई पनि सरकारी वकिल कार्यालय हुँदै अदालतमा उपस्थिती गराउने तयारी छ।

२३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको १२ घण्टामै ओली र लेखक पक्राउ परेका हुन् ।प्रहरी टोलीले ओलीलाई भक्तपुर गुन्डुस्थित निवास र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरकै कटुन्जेबाट शनिबार बिहानै नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank