राहत वितरणकाे निहुँमा कुटिएका सुमन विकले डर र धम्कीकाे कारण गाउँमै मिलाए घटना

दलित अनलाईन २५ चैत्र २०७६, मंगलवार १४:२९

काठमाडौं– स्याङ्जा चापाकोट नगरपालिका नगर प्रमुख शिव कुमार गिरी उपस्थिति रहेको राहत वितरण कार्यक्रममा कुटपिट भएका दलित युवालाई डर ,त्रास र धम्की दिएर घटनालाई गाउँमै मिलाएको छ ।
नगरपालिकाबाट नगर प्रमुख शिव कुमार गिरी सहितको टोली बार्ड नं. ६ मोहमी गाँउमा लक्षित परिवारलाई राहत वितरणका लागि चैत २३ गते पुगेका थिए । उनीहरुले वितरण गरेको राहत लक्षित वर्गमा न्यायोचित रुपमा नपुगेको स्थानी समुन विकले भन्दा विकमाथि कुटपिट भएको थियो ।
मेयरसँग राहत वितरण गएका सहयोगीहरुबाट विकको शरिरका विभिन्न भामा मुक्का र लात्ति प्रहार गरी विकलाई घाईते बनाएका थिए । राहत आफ्नो परिवारलाई समेत नदिएपछि आफ्नो कुरा राख्दा आफुलाई कुटपिट गरेको पीडित सुमन विकले बताए ।
घटना भएको दिनबाट घटनालाई गाउँमै मिलाउन विभिन्न समूहहरुले दबाब दिएका थिए । गाउँ घरमा भएको घटना र मेयरसापलाई कारबाही गराउन अघि बढे कुनै बेला आफुलाई गाह्रो पर्ने सक्ने भन्दै पीडित सुमन विकले उपचार खर्च वडाबाट गर्ने गरी घटना अगाडी नबढाउन सहमति भएको दलित अनलाईन डटकमलाई बताए ।
मलाई सबै पक्षबाट दबाब आएको थियो, घटनालाई वडामै मिलाउन र डर त्रास र धम्की पनि आयो, नमिले के गर्नु ? उल्टो प्रतिप्रश्न गदै सुमनले भने,‘पैसा लिएर घटना मिलाएको होइन, डरकै कारण घटना मिलेको हो । ’
विकले कुन तहको डर र धम्की दिएका थिए भन्ने कुरा चाहि खुलाएका छैन ।
वडा ६ मा राहत वितरण कार्यक्रममा सामान्य विवाद हुँदा घटना घटेको चापाकोट नगरपालिका नगर प्रमुख शिव कुमार गिरी बताए । नगरपालिका प्रमुख गिरी घटना भएपनि घटना अहिले मिलिसकेको भन्दै नगरपालिकाबाट विज्ञप्ती समेत जारी गरिसकेको जानकारी दिए । ‘सामान्य विवाद भएको हो, गाउँमै घटना मिल्यो, हामीले कसैले डर,त्रास धम्की दिएका छैनौं मेयर भन्छन्, घटनालाई राजनीतिक मुद्दा नबनाउँदा हुन्छ । ’

घटनाप्रति चासो
सुमन विकमाथि भएको कुटपिटलाई लिएर विभिन्न भातृसंगठनहरुले घटनाको घोर भत्र्सना गरेका छन् । नेपाल उत्पीडित जातिय मुक्ती समाज,स्याङ्जा र उत्पीडित जातीय उत्थान तथा सेवा समाजले प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएका छन् ।
उनीहरुले राहत वितरण गर्ने सन्र्दभमा गण्डकी प्रदेश स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाबाट नगर प्रमुख शिव कुमार गिरीको टोलिले राहत वितरण गर्ने क्रममा चापाकोट नगरपालिका वार्ड नं. ६ मोहमी गाँउमा बस्ने सुमन विकले राहत वितरण टोलिलाई आफुले पाउने राहत आफ्नो परिवारलाई अपुग हुने , राहत वितरण लक्षित वर्गमा न्यायोचित तरिकाले पुग्नुपर्ने , पारदर्शी हुनुपर्ने र गैर राजनितिक हुनुपर्ने भनि गुनासो तथा सुझाव दिदा प्रमुख गिरी सहित निर्देशनमा राहत वितरण टोलीले सुमन विकलाई अन्धा–धुन्ध अनुहार र शरिरको विभिन्न ठाउँमा मुक्का र लात्ति प्रहार गरेको र निज सुमन विकलाई कुटपिट गरिएको भन्दै नागर प्रमुखलाई कारबाहीको माग गरेका छन् ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चापकोट नगर कमिटिका अध्यक्षद्धारा जारी गरेको विज्ञप्तीमा भनिएको छ, राहत निहुँमा गरिबी विपन्न दलित समुदायलाई कुटपिट गर्नु कानुनी राज्यको उपहास भएको भन्दै नगर प्रमुखलाई कारबाहीको माग गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank