मुगुमा फेरि हिमपात, बस्ती सेताम्य

दलित अनलाइन माघ १४, २०८२

काठमाडौँ — मुगु जिल्लामा मंगलबार रातिदेखी फेरि हिमपात भएको छ।

लामो समय खडेरीपछि गत शुक्रबार र शनिबार परेको बाक्लो हिउँ पग्लिन नपाउँदै गए राति रारा, मुर्मा, पिना, कोटीला, खमाले, ताल्चा, झयारी, माथितुम, रोवा, सोभा, टोप्ला, तल्लेख, घटटलेख, डोल्फू, मुगु, चितै, श्रीकोट, सोरुकोट लगायतका उच्च बस्तीहरूमा भारी हिमपात भएको हो।

Nic asia bank

हिमपातले वनपाखा रुखहरू र बस्तीहरू सेताम्य बनाएको छ, जसले स्थानीयलाई आउजाउ गर्न कठिनाइ पु¥याएको छ। दोश्रो पटकको हिमपातसँगै अत्याधिक चिसो बढेपछि बृद्ध, बालबालिका र दीर्घरोगीलाई विशेष समस्या भएको छ।

photo-5_fb776fb7-1769579661.jpg
उच्च लेकाली बस्तीमा रहेका विद्यालयको पढाइ प्रभावित भएको छ भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले मतदाता भेट्न घरदैलो जान कठिनाइ भएको छ।

तर, लामो समयको खडेरीपछि किसानहरूलाई यस वर्षको बर्षा र हिमपात राहतको महसुस भएको छ । ‘हिमपातले जौ, गहुँबाली, फलफुल र जडिबुटी उत्पादन बढाउन सहयोग पुर्‍याउनेछ,’ मुर्मा गाउँका कृषकहरूले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank