अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीको उपाध्यक्ष पदमा पदम विश्वकर्माले उम्मेदवारी दिने घोषणा

दलित अनलाईन २१ कार्तिक २०७५, बुधबार १६:५७

दलित अनलाईन 

काठमाडौ,अन्तर्र्रािष्ट्रय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष पदम विश्वकर्मा बोर्ड अफ ट्रष्टीको उपाध्यक्षका लागि उम्मेदवारी  दिने घोषणा गर्नुएको छ ।
उहाँले दीपावलीको उपलक्ष्यमा शुभाकामना सन्देश जारी गदै आफ्नो नेतृत्व बोर्ड अफ ट्रष्टीलाई खड्किएको भन्दै आसन्न हुने निर्वाचनमा आफुले उपाध्यक्षमा उम्मेदवारी   दिने घोषणा गर्नु भएको हो ।
विश्वकर्माले यस अघि कुशल नेतृत्व आफुले अनेसासमा दिइसकेको दावी गदै अनेसासको पुरस्कार ब्यबस्थित गर्न, अनेसासको भबन निर्माण गर्न, अनेसासलाई डायास्पोरिक र साहित्यमय बनाउन तथा संस्थाको संस्थागत र नीतिगत विकासमा थप योगदान गर्न, केन्द्रीय कार्यसमितिसंग घनिष्ट सम्बन्ध कायम गर्न आफु संक्षम हुने दावी समेत गर्नु भएको छ । आफुले हिजो अनेसासमा दिएको योग्दानलाई मूल्यंकन गरी सबैले भोट दिन समेत अपिल गर्नुभएको ।
निर्वामन अध्यक्ष पदम विश्वकर्माले जारी गरेको शुभकामना सन्देशको पूर्ण पाठ :

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीका आदरणीय सदस्यज्यूहरु, अनेसासका आदरणीय सदस्यज्यूहरु, नेपाली साहित्य र अनेसासलाई माया गर्नुहुने साहित्यानुरागी महानुभावहरुमा दीपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभाकामना !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा मेरो योगदान अनेसास कोलोराडो च्याप्टरको सदस्यदेखि अध्यक्ष, केन्द्रीय महासचिव, दुइ कार्यकालका लागि अध्यक्षमा रही विगत लामो समयदेखि समर्पण रहँदै आएको यहाँहरु सबैमा विदितै छ । मेरो कार्यकालमा ६ वटा अन्तर्राष्ट्रिय सम्मेलनहरु, ३ वटा क्षेत्रीय सम्मलेनहरु, ८ वटा राष्ट्रियस्तरका साहित्य सम्मेलनहरु, संस्थाको रजतजयन्ती लगायत ११ वटा राष्ट्रियस्तरका भानु तथा देवकोटा जयन्ती, ४ वटा विशिष्ट पुरस्कारहरुको स्थापना, संस्थाको बिधान संशोधन, नेपाली पाठशालाको पाठ्यक्रम तयार, नवरत्न नारी पुरस्कार, अन्तरदृष्टि, अनेसासको इतिहास, उत्तर अमेरिकाली नेपाली साहित्यको इतिहास, सिर्जनामा नारी, नेपालका कालजयी कथाहरु (Timeless stories of Nepal), अनुबाद (र प्रकाशोन्मुख), दर्पण, अनेसासको संक्षिप्त परिचय आदि कृतिहरु प्रकाशन हुनुका साथै अनेसास रेडियो कार्यक्रम, २५ भन्दाबढी च्याप्टरहरु बिस्तार एवं पुनर्गठन, करीब ७०० भन्दा आजीवन सदस्य र २८ जना ट्रष्टी सदस्यहरु विस्तार भएको सबैमा पुन:स्मरण गराउन चाहन्छु । यसका अतिरिक्त यस अवधिमा अनेसासको संस्थागत विकास, अनेसासलाई अन्तर्राष्ट्रियस्तरमा पुरयाउने र नेपाली साहित्यको बिश्वब्यापिकरणमा महत्वपूर्ण योगदान गरेको यहाँहरु सबैमा छर्लंग छ ।

हाल, बोर्ड अफ ट्रष्टीको निर्वाचन आसन्न रहेको र अनेसासको पुरस्कार ब्यबस्थित गर्न, अनेसासको भबन निर्माण गर्न, अनेसासलाई डायास्पोरिक र साहित्यमय बनाउन तथा संस्थाको संस्थागत र नीतिगत विकासमा थप योगदान गर्न, केन्द्रीय कार्यसमितिसंग घनिष्ट सम्बन्ध कायम गर्न मेरो पहल रहने विश्वास दिलाउदै बोर्ड अफ ट्रष्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।

यस निर्वाचनमा विगतमा जस्तै मलाई मतदान गरी अनेसासको संस्थागत विकासमा थप योगदान गर्ने, अनेसासको पुरस्कारलाई मर्यादित बनाउने र अनेसासलाई थप मर्यादित, लोकप्रिय अन्तर्राष्ट्रिय छाता संस्थाको रुपमा विकसित गर्न प्रयास गर्ने मेरो दृढतालाई साकार पारिदिनुहुन हार्दिक अनुरोध गर्दछु । पूर्व बोर्ड अफ ट्रष्टीका पदाधिकारी, ट्रष्टी सदस्यहरु, केन्द्रीय कार्यसमितिका पूर्व र वर्तमान पदाधिकारीहरु, साहित्यकारहरु र अनेसासलाई माया गर्ने सम्पूर्ण महानुभावहरुको सल्लाह सुझावलाई सिरोपर गरि अगाडी बढ्ने प्रतिबद्दता गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छु ।

पदम विश्वकर्मा,

निवर्तमान अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank