खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल दर्ता

दलित अनलाइन मंसिर ८, २०८२

काठमाडौँ — खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। आज निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारको टोलीले दल दर्ताको प्रमाणपत्र लिएका हुन्।

दल दर्ताका लागि उनले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए। उनको पार्टी निर्वाचन आयोगमा २१६ नम्बरमा दर्ता भएको छ। यो पार्टीले गोलो घेराभित्र राम्रो जनाउने लाइक चुनाव चिन्ह लिएको छ।

Shivam Cement

प्रतिनिधि सभाकाे निर्वाचन नजिकिएसँगै आयोगमा दल दर्ता गर्नेको सङ्ख्या बढेको छ। मंसिर १० गते बिहानसम्म दल दर्ताको प्रमाणपत्र लिने दलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank