बेलायतमा ‘ब्ल्याक समर’ले दर्शकको मन जित्यो

दलित अनलाईन २६ भाद्र २०७५, मंगलवार १६:४१

बेलायत- बेलायतस्तित अल्डरशट एम्पायर हलमा आइतबार दर्शकहरुको बाक्लो उपस्थितिले नेपाली मात्रै होइन विदेशी पाउनाहरुको मन समेत दंग थियो । प्राय बाक्लो जमघट हुन कुनै विशेष दिन नै कुर्नपर्ने वेलायतबासी नेपालीहरु आइतबार फुरुङ्ग भएको देख्दा सबैलाई लाग्थ्यो, यस्तो विशेष दिनहरु सधै आइदिए हुन्थ्यो । आइतबार अल्डरशटको हलमा धेरैको मनलाई खुशी तुल्याइदियो फिल्म ब्ल्याक समरले । अझै कला साहित्य र वीर गोरर्खालीहरुको शानको त बेलायतमा कुरै बेग्लै । बेलायत यसै पनि वीर गोरर्खालीहरुको बाक्लो बस्ती । यो बस्तीको व्यस्तताकै कारण कहाँ सबैलाई फुर्सद हुन्छ र सधैभरी जमघट हुन ? । तर सबैलाई दंग र खुशी तुल्याउने माहोल र विशेष दिन बनेको थियो ,आइतबार चलचित्र ‘ब्ल्याक समर’ को विशेष शो ले ।


चलचित्र ‘ब्ल्याक समर’ आइतबार साँझ ६ बजे अल्डरशट स्थित एम्पायर हलमा प्रदर्शन हुनभन्दा केही समय अघि नै हलका सिटहरु खचाखच भरिसकेका थिए । त्रिकोणात्मक प्रेमकथामा थ्रिलर तथा सस्पेन्सको कथा बोकेको ‘ब्ल्याक समर’ले दर्शकको मन मात्रै जितेन् कि संसारभर यो चलचित्र प्रदर्शन गर्नुपर्ने आह्वान समेत दर्शकहरुले नै गरे ।
युवा पुस्ताहरुले एक पटक यो चलचित्र हेर्नैपर्ने अति आवश्यक रहेको एक घण्टा अघि अल्डरशट स्थित एम्पायर हलमा आइपुगेकी चन्दा लिम्बुले बताइन् ।
जीवनको सुरुवात नै प्रेमभाव हुने र प्रेम विना जीवन अधुरो रहने भन्दै सबै व्यक्तिहरुले यो चलचित्र हेर्नुपर्ने प्रेम लामाले दावी गरे । यस्तै यो चलचित्र ‘ब्ल्याक समर’ बेलायतमा मात्रै नभएर अन्य देशहरुमा समेत प्रर्दशन गर्नुपर्ने रोमिया वामेनले बताइन् ।
त्रिकोणात्मक प्रेमकथा र थ्रिलर तथा सस्पेन्सको कलात्मक ढंगबाट निर्माण गरिएको चलचित्र ‘ब्ल्याक समर’ प्रेमलाई आत्मसम्मान गर्दै चलचित्र बनेको इन्दु सुब्बाले बताइन् ।

एलबीएस फिल्मस् प्रोडक्सन युके एण्ड नेपालको ब्यानरमा सम्पूर्ण छायाँकन बेलायतमा नै गरिएको यो चलचित्रलाई निर्देशक एल.बि. सुब्बाले निर्देशन गरेका हुन् । ‘कहीं दिन कहीं रात’ ‘निर्दोष’ र ‘लेशन’ जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक सुब्बाले यो चलचित्रको रेड कार्पेट प्रिमियर भईसकेको र यो विशेष शोसँगै युके, युरोप, हङकङ र नेपालमा प्रदर्शन गरिने बताए ।

चलचित्रमा निर्माता – सरस्वती ज्ञवाली र प्रतिमा दुदराज, सह(निर्माता – टिया गुरुङ, तारा दुमी राई, बिजय लिङ्ग्थेप, बिजय बिक्रम लिङ्ग्देन संगीत – तारा प्रकाश लिम्बु र उदेश श्रेष्ठ , गीत – जानुका लिङ्ग्देन र अनिला राई, पृष्ठभुमि संगीत – शाहस शाक्य, ध्वनि समिश्रण – मुकेश शाह, छायाँकन – राम कुमार केसी र प्रतिक दुदराज, द्धन्द्ध – सम्राट बस्नेत, सम्पादन – अर्जुन जिसी, भीएफएक्स एनिमेशन – श्रीकृष्ण श्रेष्ठ, पोष्टर डिजाईन – शान थापा, भेषभुषा – मेरिना लिम्बु , मेकअप – मोनिका गुरुङ तथा कथा र पटकथा र निर्देशन – एल.बि. सुब्बाको रहेको छ । यस्तै ‘ब्ल्याक समर’का गितमा अमृता लिम्बु र श्रेया सोताङले बेग्ला बेग्लै दुईवटा रोमान्ट्क गितहरु गाएका छन् ।

फिल्ममा रितेश चाम्स, रीमा विश्वकर्मा, अम्बिका राई, सपना श्रेष्ठ, दीपक गुरुङ, सनम कुमार बैराग, मनिष कुमार श्रेष्ठ, ज्यासंग लिङदेन, अभिर लिम्बु ( भ्याक्सो ), मोनिका गुरुङ, स्वस्तिका लिम्बु , प्रतिक दुदराज, किशोर राई, ओमकार अधिकारी, सुरेश श्रेष्ठ, दया गुरुङ, माइक टिपिङ ,मुस्तफा लौकिली, केभिन साकेस , चन्दा लिम्बु , तारा दुमी राई, रोमियो , जोन श्रेष्ठ , प्रतिमा दुदराज, मीना लिम्बु, भेदान्त दुदराज, हुप थापा, सम्राट बस्नेत, रामकुमार केसी लगायतका कलाकारहरुको निकै तारिफ योग्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank