दिन दुई गुणा रात चौगुणा काम गर्न जोड

दलित अनलाईन ६ भाद्र २०७५, बुधबार १८:००

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताले अनुभूति हुने किसिमले परिमाण आउने गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “जनताले बुझ्ने भनेको कामको परिमाण हो । दराज कहाँ छ, फाइल कहाँ पुग्यो भन्ने होइन, जुन लक्ष्य हो त्यसको परिमाण ल्याउने गरी दिन दुई गुणा र रात चार गुणाजस्तो परिमाण निकाल्ने गरी काम गर्नुपर्छ ।”

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले गत निर्वाचन र सङ्घीयता कार्यान्वयनको कारणले विकास निर्माणमा अलमल भएको बताउँदै यसै वर्ष कर्मचारी समायोजनको काम सकिने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सहसचिव नरेश चापागाईले अनुगमन नहुँदा योजना कार्यन्वयन गर्ने काम कमजोर रहेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका उपसचिव खोमा ढकालले सरकारले शुरु गरेको समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सहयोग पुग्ने किसिमले काम गर्नुपर्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका उपसचिव चन्द्रकुमार श्रेष्ठले बेरुजु फछ्र्योट सुधार गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले गत आवमा चालूतर्फ ८८.५८ प्रतिशत बजेट र पूँजीगततर्फ ५३.०४ प्रतिशत गरी कूल ७५.०४ प्रतिशत मात्र बजेट खर्च गरेको जानकारी मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालल दिनुभयो । यस्तै मन्त्रालयले ४१.२१ प्रतिशत बेरुजु फछ्र्योट र भौतिकतर्फ ८० प्रतिशत काम सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank