नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणः पूर्वसचिव अर्जुन कार्की पक्राउ

दलित अनलाइन कार्तिक ३०, २०८२

काठमाडौँ —नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन्। दरबारमार्गस्थित ट्रस्टको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए।

नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको जग्गा बद्‍नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

Shivam Cement

यसअघि तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। नेपाल ट्रस्टले सात वर्षअघि दरबारमार्गस्थित जग्गा शेर्पा समूहसम्बद्ध थामशेर्कु ट्रेकिङलाई अनियमित रुपमा लिजमा दिने निर्णय गरेको थियो।

अनियमितता र भ्रष्टाचार भएको पर्याप्त प्रमाण हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वर्षअघि मिलेमतोमा भ्रष्टाचारको फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank