काठमाडाैं — आफूलाई ‘लुसिफर’को बिम्ब बनाइएकोप्रति काठमाडौं महानगरका मेयर बालेन साहले लामो समयपछि आफ्नो प्रतिक्रिया दिएका छन्।
केही समययता जेनजी आन्दोलनको विध्वंशसँग जोडेर बालेनलाई ‘लुसिफर’को बिम्बमा आलोचना हुँदै आएको छ। एकजना विश्लेषकले एउटा अन्तर्वार्ताका क्रममा उनलाई लुसिफरको चरित्रसँग तुलना गरेका थिए।
त्यसपछि बालेनको आलोचना गर्ने सबैजसोले उनलाई त्यही बिम्बमा चित्रित गर्दै सामाजिक सञ्जालभरि ‘ट्रोल’ बनाउन थाले। त्यसको लामो समयपछि सामाजिक सञ्जालमै बालेनले त्यसबारे प्रतिक्रिया दिएका हुन्।

‘तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरुको घर धाउनुपर्छ अरुलाई एजेन्ट भन्छौ।’ त्यस्तै उनले आन्दोलनको नाउँमा एमाले-काँग्रेसकै कार्यकर्ताहरूले एकअर्को घर हुँदै देश जलाएको आरोप पनि लगाएका छन्।
‘आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको जलाउँछ, काँग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल-बच्चालाई दिन्छौ’ उनले भनेका छन् ‘चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’
देवयुगका बेला देवताका एकजना पात्रलाई ‘लुसिफर’ भनेर चिनिन्छ। फरक फरक धर्मअनुसार ती पात्रलाई फरक फरक चरित्रका रुपमा लिइन्छ। कतै देवदूतकै रुपमा देवताकै स्थानमा राखिन्छ भने कतै विनाश, धोकाधडी, षड्यन्त्र अनि विध्वंशकारीका रुपमा ती पात्रलाई लिइन्छ। यसको सन्दर्भ र दृष्टिकोणअनुसार लुसिफरलाई फरक फरक धारणाका साथ चित्रित गरिन्छ।


























Leave a Reply