![](https://dalitonline.com/wp-content/uploads/2023/09/gagan-thapa_C33XNYev0y.jpg)
पोखरा— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जसले छुवाछुतमा विश्वास गर्छ, जसले महिला र पुरुषबीच विभेद गर्छ त्यो कांग्रेस हुनै नसक्ने बताएका छन् ।
‘मैले मान्ने धर्मले छुवाछुत मान्दैन, महिला र पुरुषबीच विभेद गर्दैन, त्यस्तो कसले बनायो ? हामीले बनाएको हो, नेपाली कांग्रेसले त्यो विभेद मान्दैन,’उनले भने,‘ बीपीले नेतृत्व गरेको पार्टीले त्यो कुरा मान्दैन।’
नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन्।
नले विविधता नेपालीको पहिचान भएको बताउँदै अगाडि भने,‘बीपी कोइरालाले आफ्नो मन्त्रिपरिषदमा पूर्वको लिम्बु, दलित, महिला, नेवार सबैलाई समेट्नुभयो, त्यो विविधताको सम्मान हो।’
उनले २००७ सालको सशस्त्र क्रान्त्रिअघि नै कांग्रेसले तागादारी र तागा नलगाउनेलाई एउटै भान्छामा राखेर खाना खाएको अनि ब्राह्मणले हलो जोतेर परिवर्तनको सन्देश दिएको पनि बताए। उनले विविधताको रक्षा भनेको जातीय राज्य र विभाजन नभएको पनि बताए।
Leave a Reply