सपथलगत्तै जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे ऊर्जामन्त्री घिसिङ

दलित अनलाइन भदौ ३०, २०८२

काठमाडौं—  ऊर्जामन्त्री कुलमान घिसिङले सपथ ग्रहणपछि जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका छन्।

मन्त्री घिसिङले पदभार ग्रहण गर्नुअघि घाइते भेट्न टिचिङ अस्पताल पुगेका हुन्। घिसिङलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी आइतबार राति मन्त्रीमा नियुक्त भएका थिए।

घिसिङले राष्ट्रपतिसँग शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि घाइते भेट्न अस्पताल पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank