कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन्। शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताएका हुन् ।
उदयपुरकाे एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेकाे बताइएकाे छ।’यिनिहरु आयातित नै भएको बुझिएको छ,’ कार्कीले बताए। तर उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।
चितवनबाट बिहीबार बेलुका ल्याइएकाे २ वटा स्वाबकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे भरतपुर अस्पतालका अध्यक्ष डा भाेजराज अधिकारीले बताए।
‘बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो,’ अधिकारीले बताए। दुवै जनालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको अधिकारीले जनाए। ‘दुवैको अवस्था सामान्य छ’ अधिकारले भने।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको बताए।
Leave a Reply