महाकाली –मेची पदयात्राको टोली दाङ्गको लमहीमा

दलित अनलाईन १९ चैत्र २०७५, मंगलवार २३:५६

लमही – जातीय विभेद तथा छुवाछूतको व्यवाहिरक अन्त्यको मूल नारासहित सुरु भएको महाकाली –मेची पदयात्राको टोली दाङ्गको लमही आइपुगेको छ ।
चैत ३ गतेबाट सुरु गरिएको महाकाली–मेची पदयात्राको टोली १६ औँ दिनमा दाङ्गको लमही आइपुगेको हो ।
मंगलबार पदयात्रीहरुले ४२ किलोमिटरको दुरी पार गदै दाङ्गको लमहीमा आइपुगेको  छ ।
पदयात्रीहरुले नगरपालिकाभित्रका विभिन्न सरोकारवाला निकाय र स्थानीय समुदायसँग संवाद समेत गर्दै आएको छ । पदयात्रीहरुले करिब २१ बस्ती, नगरपालिका ,गाउँपालिका वडा कार्यालयहुँदै १२ हजार भन्दा बढी आम जनतासँग प्रत्येक्ष संवाद गदै अघि बढेको हो । पदयात्राको टोली दलित र गैर दलितबीच विद्यमान विभेदका घटनाहरुको अवलोकन अध्ययन गदै स्थानीय स्तरमा गर्न सकिने समधानका उपायहरु समेत संवादका माध्यबाट पहिचान गदै अगाडि बढेको अभियान्ता होमराज आर्चायले बताए ।


पदयात्रीले दाङ्गको लमहीसम्म आइपुग्र्दा ३ सय ६० किलोमिटर दुरी पार गदै ४ लाख ५० हजार पाइला हिडिसकेका छन् ।
पदयात्री विभिन्न वस्तीवस्तीमा पुग्दै सरोकारवालाहरुसँगै संवाद समेत गर्ने गरेका छन् । टोलीले दाङ्गको लमहीमा मंगलबार दलित अगुवा र सरोकार निकायसंग भेटघाट र छलफल गरी बुधबार लमहीमा विशेष कार्यक्रम गरिने अभियन्ता अशोक दर्नालले जानकारी दिए ।
पदयात्राका क्रममा नगरपालिका ,गाउँपालिका र प्रहरी प्रशासनबाट राम्रो सहयोग भएको र हजारै स्थानीय बासिन्दाहरु देश तथा विदेशमा रहेका लाखौं नेपालीहरुले सहयोग र समर्थन एवं एक्येबद्धता गरेको अभियान्ता रिता परियारले बताइन् ।

कानुनबाट जातीय छुवाछूत हटेको आधा शताब्दीभन्दा बढी भइसक्दा पनि व्यवहारमा अझै छुवाछूत अझै अन्त्य हुन सकेको छैन ।
जातीय विभेद तथा छुवाछूतको व्यवाहिरक अन्त्यको मूल नारासहित महाकाली–मेची पदयात्रामा होमराज आचार्य ,रिता परियार र अशोक दर्नाल छन् भने बन्दबस्ती व्यवस्थापनमा बीरंिसंह तामाङ्ग रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank