गुल्मीमा सरकारकै क्वारेन्टाईनमा जातीय विभेद

दलित अनलाईन १९ जेष्ठ २०७७, सोमबार २३:४९

गुल्मी – पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृंखलाबद्ध घटना भईरहँदा स्थानीय सरकारले नै स्थापना गरेको क्वारेन्टाईनभित्र समेत जातिय विभेद गरिएको छ ।
गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ३ , रामकोटमा रहेको आलमदेवी प्राविको क्वारेन्टाईनमा रहेका मानिसहरु सुत्ने एकै ठाउँ भान्छा भने बेग्लाबेग्लै रहेको छ । हामी हिजो भारतबाट आएर यस क्वारेन्टाईनमा बसेका हौं ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरका कमल नेपालीले भने यहाँ सा¥है असुविधा त थियो नै त्यो भन्दा पनि पीडा जातीय विभेदको भयो ।
करिव ३० जना जति छौं त्यसमध्ये दलित समुदायका त्यस्तै बिस बाईस जना जति छौं । अरु जातीहरुले हामी उपल्लो जाती हो त्यसैले हामीले बेग्लै पकाएर खान्छौं भनेर आफै पकाउनु हुन्छ । हामी बेग्लै पकाउँछौं नेपालीले भने । उनका अनुसार क्वारेन्टाईन भन्नु मात्रै हो ।
सामाजिक दुरीको मतलव नै छैन , सबै लहरै सुत्ने गरिएको छ । चामल दाल , तेल नुन दिएका छन् । तरकारी आफै किनेर खाउ भन्छन् । कोही फर्केर आउँदैनन् ।
असाध्यै दुख छ , त्यहाँ बस्नेहरुले भने । क्वारेन्टाईनमा पनि जातिय विभेद भन्ने गुनासो छ नि ? भन्ने प्रश्नमा ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टलाई ध्यानाकृष्ट गराउँदा उनले भने म आफै क्वारेन्टाइनमा छु जान पाएको छैन । के रहेछ बुझेर जानकारी दिउँला भन्ने जवाफ दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank