लिपुलेकबारे भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको विरोध

दलित अनलाइन भदौ ७, २०८२

काठमाडौं —  भारत र चीनबीच लिपुलेक नाकाबाट सीमा व्यापार गर्ने विषयमा भएको सहमतिप्रति समाजवादी मोर्चाले गम्भीर आपत्ति जनाएको छ । मोर्चाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त सहमतिले नेपालको सर्वभौमिकतामाथि गम्भिर आघात भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हुन् भन्ने पुष्टि गर्दछन् । तर, ती क्षेत्रमा विगतदेखि भारतीय पक्षको अतिक्रमण भइरहेको छ र यसमा नेपाल सरकारले पर्याप्त कूटनीतिक पहल गर्न सकेको छैन ।’

भारत–चीन समझदारीको पृष्ठभूमिमा नेपालको भूमिका कमजोर रहेको भन्दै मोर्चाले सरकारलाई आक्रोशपूर्ण शब्दमा सचेत गराएको छ। ‘नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर विरोध तथा असहमति प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मोर्चाले सरकारलाई सम्बन्धित देशहरूसँग कूटनीतिक पहल गरी नेपालको ऐतिहासिक तथा कानुनी प्रमाणका आधारमा आफ्नो भू–भाग फिर्ता ल्याउन आह्वान गरेको छ । साथै, उक्त सहमतिको विरोधमा आधिकारिक धारणा सार्वजनिक गर्न समेत माग गरेको छ ।

7106c965-3856-45ec-ba79-ccc7d5ef2eae-1755863368.jpg

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank