उदयपुर जिल्ला सील गर्ने प्रदेश सरकारको निर्णय

दलित अनलाईन ९ बैशाख २०७७, मंगलवार १९:३३

उदयपुर- उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएसँगै प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

कोसी अञ्चल अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन संगीता मिश्रले ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन् । कोसीमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण गरिएको थियो । मंगलबार गरिएको पुनपरीक्षणमा पनि पोजिटिभ देखिएको मिश्रले बताइन् ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए। ‘उदयपुर जिल्लाभित्र पूर्ण रुपमा लकडाउन गर्ने र जिल्लाको सबै नाका सिल गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank