दलित छात्राबासबारे गृहमन्त्रीले मुख खोले

दलित अनलाईन २२ असार २०७५, शुक्रबार १६:४६

काठमाडौं— गृहमन्त्री रामबहादुर थापा‘बादल’ले दलित विकास छात्रावासको सुरक्षामा आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले शुक्रबार सिहदबारमा बुझाउन गएको ज्ञापन पत्र बुझेपछि मनत्व्य राख्दै गृहमन्त्री थापा‘बादल’ले दलित विकास छात्रावासको सुरक्षामा आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको हो । दलित आन्दोलन प्राप्त गरेको उपल्बधी र सरकारले संरक्षण गदै आएको छात्राबासलाई कुनै व्यक्ति र संस्थाले चाहेजस्तो सहज ढंगबाट कब्जा गर्ने नसक्ने उहाँले बताउनु भयो । ‘कुन चाहि दलितको त्यस्तो नेता र संस्था हो, आन्दोलनले प्राप्त गरेको साझा सम्पति खोस्न खोज्ने ? उहाँले प्रतिप्रश्न गदै भनुभयो,‘यो तत्कालै रोकिन्छ ।’


दलित विकास छात्राबास दलित आन्दोलनको साझा सम्पति भएको बताउँदै गृहमन्त्री थापा‘बादल’ले मन्त्रीमण्डलको निर्णयबाट संयुक्त राजनीतिक दलित संघर्ष समितिले राखेको मागको सम्बोधन गर्ने बताउनुभयो । आफुले यस छात्राबास मातहतको निकायसँग तत्कालै बुझेर सरकारले नै दलित विकास छात्राबासको सुरक्षा,संरक्षण सम्बद्र्धन गर्ने बताउनुभयो । ‘मैले तत्कालै यस विषयमा बुझेर तपाईहरुलाई भन्छु, सरकार यो विषयमा गम्भिर भएर लाग्छ,’ उहाँले भनुभयो,‘हिजो राम नेपालीमाथि जुन व्यवहार भयो, त्यसमा दुख लागेको छ । ’

विगत तीन दशकदेखि दलितको शिक्षामार्फत नेतृत्व विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आइरहेको विजेश्वरी दलित छात्रावास नेपाल राष्ट्रिय समाज कल्याण संघ नामक दलित संस्थाल कब्जा गरेपछि दलित आन्दोलन संघबीच विवाद चर्किएको छ । विहिबार संघकै पहलमा छात्राबासका वार्डेन राम नेपाली महानगरीय प्रहरी वृत स्वयम्भुले पक्राउ गरी केही समय हिरासतमा राखेको थियो ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्रीसँग राखेको तीन बुँद्धे मागहरु

१. बिजेश्वरी दलित विकास छात्रावास दलित आन्दोलनले प्राप्त गरेको मूल उपलब्धीमध्येको एक हो । यस छात्रवासले विगत तीन दशकदेखि दलितको शिक्षामार्फत नेतृत्व विकासमा योगदान गर्दै आएको छ । यो दलित आन्दोलनको पुर्खेउली सम्पति हो । त्यसैले तत्काल नेपाल सरकार शिक्षा मन्त्रालयले एक स्थायी प्रकृतिको कोष निर्माण गरी छात्रावास संचालक समिति गठन गरिनुपर्दछ । कानूनी व्यवस्थाका लागि एक विद्येयक वा निर्देशीका जारी गरिनुपर्दछ ।
२. विजेश्वरी दलित विकास छात्रावास २०१९ सालमा सरकारी बजेटबाट खोलिएको सेवामुलक दलित आन्दोलनको साझा सम्पति हो । जबकि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ २०३९ सालमा दर्ता भएको एक गैरसरकारी संःथा हो । अदालतको निर्णयमा यो संःथाको नाममा भन्ने कही कतै उल्लेख छैन बरु समाज विकासको नाममा समाज कल्याण थपेर आफ्ना संस्थासंग मिल्ने नाम राखी समाज कल्याण विजेश्वरी छात्रावास राखिएको छ । यस संस्थाले जालसाजीपूर्ण ढंगले जग्गा दलालको शैलीमा आफ्नो नाममा अस्थायी लालपूर्जा बनाएको छ भने सो लालपूर्जा तत्काल खारेज गर्नुपर्दछ ।

३. नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नामक संस्थाले दाबी गरे जस्तै नेपाल राष्ट्रिय समाज कल्याण संघ समाज विकास छात्रावास, विजेश्वरी काठमाडौं नामक संस्था नेपालमा हालसम्म कही कतै दर्ता भएको छैन । त्यसैले यस छात्रावासको पूर्ण स्वामित्व नेपाल सरकार शिक्षा मन्त्रालयले लिनुपर्दछ । साथै जतिसक्यो चाँडो व्यवस्थापिका संसदबाट दलित आन्दोलनको साझा स्वामित्व हुने गरी एक संरचना निर्माण गरी यस सम्बन्धी स्पष्ट अलग विद्येयक पारित गरिनुपर्दछ ।
अन्तमा, दलित आन्दोलनको साझा सम्पत्तिको रुपमा रहेको यस छात्रवासलाई अमूक संःथाले निराधार ढंगले जमिनको स्वामित्वको हक दाबी गर्न खोजेमा वा यस्ता हर्कत दोहोर्याउने दुश्साहस गरेमा त्यसको प्रतिरोधमा उठ्ने दलित आन्दोलनको शक्तिले बिजेश्वरी समाज विकास छात्रावास दलित आन्दोलनको नाममा जस्ताको तस्तै फिर्ता गर्न जुनसुकै मूल्य चुकाउन पछि नहट्ने जानकारी गराउन चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank