ब्राह्मणद्वारा शुद्रमाथि शैक्षिक प्रतिबन्ध एक चर्चा

चन्देश्वर सदा १८ कार्तिक २०७७, मंगलवार १७:३९

ब्राहमणवादीहरुले आर्य प्रजाको तीन वर्ग ब्राहमण, क्षेत्री र वैश्यमा बाँडेको थियो । त्यो समयमा क्षेत्रीमा एउटा कवीला पनि सम्मिलित थियो । जसको नाम शूद्र थियो । वहांँहरु धनवान तथा विर हुन्थ्यो । त्यतिकै होईन बरु राजा पनि हुन्थ्यो । यी तिनै वर्गलाई शिक्षा दिक्षाको अधिकार समान थियो ।  गुरुकुलमा दिक्षान्त समारोहको समयमा यिनीहरुको उपनयन संस्कार पनि गराईन्थ्यो । उपनयनका अर्थ हुन्छ प्रकृतिद्वारा प्राप्त दुई आंखा भन्दा पनि अलगवाट दुईवटा आंँखा प्राप्त गर्नुपर्ने स“स्कार हो । त्यो तेस्रो आंखा अर्थात उपनयनको अर्थ विधा- शिक्षा– दिक्षा थियो । यो संँस्कार गराउंँदा त्यसको चिन्हो “जनेउ” पहिले छात्रहरुलाई लगाईन्छ । यस्तो जनेउ शूद्र कबीलाको क्षेत्रीको लगाईन्थ्यो । यो संस्कारपछि तिनै वर्गलाई द्विज भनिन्थ्यो । तर पछि यस्ता हुन गयो कि जुन वेला पनि पढ्न जाने नजाने अर्थात शिक्षित अशिक्षित जसले जनइ लगाउँछ त्यो अनपढ भएपनि जन्मजात ब्राहण कहलाउंन लाग्ने प्रथा थालिनी हुन गयो । त्यसपछि मेहवकण्व ऋषिले यस्तो श्लोक रचियो कि कुनै पनि ब्राहणको केटाकेटी शिक्षित भए नभएता पनि त्यो ब्राह्मण नै कहलाउंँछ । यसरी मूर्खचपाट, चाहे थियो चरित्रहिन भएता पनि पुजनीय हुने प्रथा चलनमा ल्यायो । पछि यो श्लोकको सार मनुस्मृतिमा पनि लेख्न लगायो । जस्तै :
अविद्वाश्च, विद्वांश्च ब्राहमणों दैवतं महत ।
मनु.९/३१६
अर्थ- ब्राहमण चाहे विद्वान हो अथवा मूर्ख हो त्यो निसन्देह श्रेष्ठ एवं पुजनीय हुन्छ । परन्तु शूद्र कबीलाको क्षेत्रिहरुले यसलाई खुलेर विरोधमा उतरे । उनीहरु शिक्षित ब्राह्मण लाई मात्र ब्राह्मण मानिने पक्ष रहेको थियो । अर्थात अशिक्षित अयोग्य ब्राहमणहरुको सर्वोच्च मान्दैन्थ्यो । उनीहरुवाट रचिएका वेदका नियमको उनीहरुले विश्वास गर्दैनथियो ।  वेदमा लेखिएका नियमहरु नमान्नेको लागी अध्याय २ श्लोक ११ मा यस्तो प्रबधान राखेको थियो ।
योऽवमन्येत,ते मूले हेतु शास्त्रश्रियाविददवजः ।
स साधु र्भिबहिष्कार्यो नास्तिकों वेदनिन्दकः ।।११।।
अर्थ – जो द्विज अर्थात जनेउ धारणवाला वेद र स्मृतिको अपमान गर्नेलाई बहिष्कार गर्नुपर्दछ । वेद नमान्ने सवालमा शूद्र, क्षेत्री राजाहरु र प्रजाहरुले त्यस्तो ब्राह्मणहरुसंग एवं ब्राह्मणवादीहरुसंग विवाद नै हुन गयो । अनि ब्राह्मणले शेष वैदिक क्षेत्रीहरुलाई डर देखाएर उस्काउंनुभो र साथै यो श्लोक रचेर आफ्नो पक्षमा पार्नु भो ।
नाऽब्रह क्षत्र मृघ्रोति नाऽक्षत्रं ब्रहवर्ध ते
ब्रहक्षत्र च संयुक्त सिंह चामुत्र वर्धते । ।।३२१।।
अर्थ – ब्राहणको बिना क्षेत्री र क्षेत्री बिना ब्राहण उन्नति गर्न सक्दैन् । दुबै समुदाय मिलेर नै यस लोंक एवं परलोकमा अगाडी बड्छ ।
ब्राह्मणहरु चलाख थियो र उनीहरु बुझ्दथे, संसारमा तीन वटा बल जस्तै विधालय, बाहुबल र धनबल यस्तो जसको आधारवाट मानव विकसित कहलाउँंछ । ती तिन शक्ति मध्ये एउटा पनि कसैसंग रहेछ भन्ने त्यस्ता व्यक्ति कसैसंग माहताज रहदैंन । एकलै विधा बल नै यस्तो बल छ कि विधाधारी मानव, धनवान र बाहुबल जस्ताहरु पनि परास्त पार्न सक्छ । यहि सोचेर दुबै समुदायले मिलेर शूद्रहरुलाई अपमानति तथा पतन गर्नको लागि योजना बनाई वहांहरुलाई तेस्रो नम्बरमा राख्यो र वैश्यभन्दा पनि तल झार्ने काम भयो । अर्थात चौथो नम्वरमा तल झारी नीच घोषणा गरिदियो । अर्कोतिर उपनयन संस्कार (शिक्षा—दिक्षा) र जनउ लगाउनेवाट समेत बन्चित गरिदियो ।
ब्राह्मणः क्षत्रियः वैश्यस्त्र्यों वर्णा द्विजातयः ।
चतुर्थ एक जातिस्तु शूद्रोः नास्ति तु पंचमः ।।१०/४।।
अर्थ – ब्राह्मण क्षेत्री र वैश्य नै द्विज जाति जनेउधारी हो । चौथो जाति शूद्र हुन्छ । पांचौं कुनै वर्ण हुंदैन् ।

 

ब्राहमणद्वारा शूद्रमाथि नियम एवं विभिन्न प्रकारका निर्देशनहरुको रचना गरेर यहांको सम्राट, विद्वान तथा विभिन्न क्षेत्रमा योग्य/दखल हासिल प्राप्त भएका शूद्रहरुको शैक्षणिक पतन गराउंने कार्य गरे । यहि कारण हो कि आज दलित भारी जनसख्यांमा अशिक्षित छन् । त्यस्ता समुदाय प्रगति कसरी गर्न सक्दछ । जसलाई ज्ञानको उपभोग गर्ने अधिकार दिएको हुंदैन त्यो समुदाय कसरी उत्थान तथा विकास गर्न सक्दछ । कदापि गर्न सक्दैंन् । तसर्थ शिक्षाको लागि आ-आफ्नो क्षेत्रवाट उठौं र उठाऔं ।

अनि बिना जनेउ सँंस्कारले गर्दा यिनीहरुमाथी शिक्षाको लागी बन्देज भईहाल्यो । परन्तु दलित र शूद्र अन्गर्तका साथीहरु तपाईलाई थाहा छ कि बिना शिक्षा मानवको उत्थान आसान हुंदैन् ।
शिक्षित नभएर पनि तपाईलाई हिन तथा अछुत हुनु पर्यो । शिक्षा आर्जन बन्द भएपछि आर्थिक पतन भयो ।  पहिले शिक्षामाथि शोषण, अनि व्यवसायलाई पतन, अनि समाजिक पतन र आर्थिक पतन गरायों ।  र अन्तमा धार्मिक पतन पनि गराईयो । एकपछि अर्को पतन साथै जीवनको प्रत्येक क्षेत्रमा  शोषनबाट तपाई दलित (शूद्र) लाई दिनहीन बनाई दियो ।  उनीहरुको सबैभन्द पहिला प्रहार शिक्षामा नै भयो ।
न शूद्राय मंति…न चास्योपदिशेद्धंर्म  …१४/८०
अर्थ— शूद्रको कहिले पनि शिक्षा दिनु हुनका साथै धर्मको उपदेश पनि दिनुहुन । तर पनि  ब्राह्मण लोभमा परेर शूद्रलाई लुकीछिपी विधा अध्ययन गराउं थियो । अनि पुनः कठोर कानुन बनायो  जुन कुरा मनुस्मृतिको अध्याय ११ श्लोकमा यो लेखेको छ ।
तेषां सततमं ज्ञानां वृषलाग्न्युपसेविनाम ।
पदा मस्तकमाक्रम्य दाता दुर्गाजीसन्तरेत ।।४३।।
अर्थ— त्यो ब्राह्मण मूर्ख छ । जो शूद्रवाट धनको लोभमा यज्ञ गराउँंदछ । यस्तो गर्नाले ब्राहणको
टाउंमा खुट्टा राखेर शूद्र संकटवाट बंचिहाल्छ । तर त्यस्तो ब्राहणको अपमान हुन्छ ।
यो हास्य धर्माचष्टे य श्चैवादिशीत व्रतम ।
सोऽ संवृतं नाम तमः सह तेनैव मज्जति ।।४/८१।।
अर्थ – जहांँ धर्म (अर्थात मनुस्मृतिमा भनिएको शिक्षाको पालन गर्ने) नै हो, जहां धन नपाईने भए , जहां सेवा (गुलामी) पनि न हो त्यहांँ विधाको प्रचा र गर्नुहुन्न, त्यस्तो स्थानमा विधा दिनु भन्नेको बांँझो जग्गामा बिज लगाउंने सरह नै हन्छ ।
(मनुस्मृति किन जलाईयो, पृ.६६)
“याजनाध्यापनाधौनात्र तुयानासनाश्नात्” ।। ११.१८०.११।।
अर्थ-हीन (दलित) को यज्ञ गराउँंने, उलाई पढाउंँने, उसंग कुनै किसिमको सन्वन्ध राख्ने ति सबै व्यक्तिहरु तत्काल नै हीन भईहाल्छ ।
दलित साथीहरु यी सबै कानुनहरुले गर्दा भारतका संविधान लेखक डा.भिमराव अम्वेडकरलाई बाल्यकालमा विधालयमा भर्ना तथा प्रवेशमा निकै कठिनाई भोग्नु परेको थियो । उनलाई शिक्षकहरुले कोठा भन्दा बाहिर बसेर पढन लगाएको थियो । यति हुंँदाहुंँदै पनि डा.अम्वेडकरले उच्च शिक्षा प्राप्त गरी महाराष्ट्रको बडौदा स्टेटको लैफ्टीनेंट पदमा कार्यरत हुनुभो । त्यहां पनि उच्च शिक्षा प्राप्त अद्वितीय विद्वान लेफ्टीनेंट डा. भिमराव अम्वेडकरको शूद्र (दलित) भएको कारण अपमान गरेको थियो । यसरी किन गरियो भन्ने त्यही किसिमका निति हिन्दु ग्रंन्थमा व्यवस्था थियो । रामचरित मानसको अरण्य कांडको दोहा ३३ को चौपाई सख्या ०१ मा निम्न बमोजिम उल्लेख गरिएको छ ।

सापत ताडत पुरुष कहंता
विप्र पूज्य अस गावहिं संता ।।
पूजहिं विप्र सील गुन हीना ।
शूद्र न गुन गन ग्यान प्रवीना ।।
अर्थ-ब्राहमण श्रप दिदा, कुट्दा, कटु शब्द प्रयोग गर्दा तापनि वहा“हरु पूजनीय हुन्छ । यानी हत्यारा, चोर, व्याभिचारी, झूठा र नशेवाज भएपनि उनको पुजा हुनुपर्दछ । र यदि शूद्र गुणवान व्यक्तिहरुमा पनि गणमान्य भएपनि, गुणों, सदाचारमा प्रवीण भएतापनि उलाई आदर सत्कार गर्नु हुुन्न् ।
मनुस्मृति अध्याय ८ श्लोक २० मा उपरोक्त उक्तिलाई समर्थन गरिएको छ ।
जातिात्रोपजीवी वा कामंस्याद ब्राहणश्रषः ।
धर्मप्रवक्ता नृपतेनतु शूद्रः कंथचन ।।
अर्थ-ब्राहमण अयोग भए पनि न्यायाधिश वन्न पाउंछ । शूद्र योग्य भए पनि उलाई न्यायाधिश बन्न अधिकार हुंदैन । यसरी ब्राहमणद्वारा शूद्रमाथि नियम एवं विभिन्न प्रकारका निर्देशनहरुको रचना गरेर यहांको सम्राट, विद्वान तथा विभिन्न क्षेत्रमा योग्य/दखल हासिल प्राप्त भएका शूद्रहरुको शैक्षणिक पतन गराउंने कार्य गरे । यहि कारण हो कि आज दलित भारी जनसख्यांमा अशिक्षित छन् । त्यस्ता समुदाय प्रगति कसरी गर्न सक्दछ । जसलाई ज्ञानको उपभोग गर्ने अधिकार दिएको हुंदैन त्यो समुदाय कसरी उत्थान तथा विकास गर्न सक्दछ । कदापि गर्न सक्दैंन् । तसर्थ शिक्षाको लागि आ-आफ्नो क्षेत्रवाट उठौं र उठाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank