चलचित्र प्रसाद-२ का कलाकारहरुलाई दलित आयोगको सम्मान

दलित अनलाईन १४ जेष्ठ २०८०, आईतवार १९:४८

काठमाडौँ — राष्ट्रिय दलित आयोगले चलचित्र ‘प्रसाद–२’ का कलाकारहरुलाई सम्मान गरेको छ ।
आइतबार सामाजिक न्यायको पक्षमा सशक्त आवाज उठाउन सफल चलचित्र ‘प्रसाद–२’ का कलाकारहरुलाई आयोगले सम्मान गरेको हो ।
जातीय छुवाछुत तथा सामाजिक न्यायको मुद्दालाई चलचित्र ‘प्रसाद–२’ ले रचनात्मक ढंगबाट उठाएको भन्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रशंसा गरे ।
नेपाली समाजभित्र रहेको जात व्यवस्थाको पर्खाललाई चलचित्रको माध्यमबाट समाज रुपान्तरणको पक्षमा प्रखर रुपमा उभिएको बताउँदै अध्यक्ष विश्वकर्माले दलित मुद्दामा केन्द्रित चलचित्र प्रसाद २ हेर्नुपर्ने बताए ।


चलचित्रमा अन्तरजातीय विवाह गरेका एक जोडीको प्रेमिल कथालाई केन्द्रमा राखेर सामाजिक जातीय विभेद, समाजका अगुवाको हैकमवादी प्रवृत्तिविरुद्ध निकै गम्भिर भएर मुद्दा उठाएको आयोगकी सदस्य मीन सोवले बताइन् ।

जातीय विभेदले आक्रान्त भएको नेपाली समाजमा धेरै विषयबस्तु हुँदाहुँदै पनि आफुले देखेको र भोगेका पीर, दुख,कष्टहरुलाई न्यायोचित ढंगबाट चलचित्रमा उतारिएको निर्देशक सुदर्शन थापाले बताए । जातीय छुवाछुतको मुद्दालाई समाजले झन मलजल गरिरहेको बताउँदै निर्देशक थापाले आगामी दिनहरुमा पनि समाज बुझ्ने चलचित्र बनाउने जानकारी दिए ।


नायिका केकी अधिकारीले आफुँ धेरै चलचित्रमा काम गरे पनि समाजभित्रै अपमानित हुनुपर्ने मानिसहरुको वास्तविक कथा र विषयवस्तुमा आफुले गहन भूमिका निर्वाह गरेको बताइन् ।
समाज अहिले पनि विभेदबाट मुक्त हुन नसकेको भन्दै नायिका अधिकारीले सबै क्षेत्रबाट एकजुट भएर विभेदविरुद्ध आवाज उठाउनुपर्ने बताइन् ।


नायक विपिन कार्कीले समाजमा धेरै कुराहरु परिवर्तन भए पनि मानिसहरुको सोच परिवर्तन नभएको बताए । ‘गाउँ गाउँमा छुवाछुत मुक्त भएको नारा लेखिएको छ, कार्कीले भने,‘तर व्यवहारमा छुवाछुत उस्तै छ ।’


सुभाष थापाको प्रस्तुतिमा सुदर्शन बस्नेतको निर्माण रहेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रको कथा पत्रकार सुशिल पौडेलले लेखेका हुन् । मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank