विद्याबारे ओलीले भने– अध्यक्षमै आँखा गाडेपछि केन्द्रीय कमिटीले रोक लगाउनुपर्यो

दलित अनलाइन साउन ११, २०८२

काठमाडौं —  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारण रोक लगाउनुपरेको बताएका छन्।

कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँग बालुवाटारमा आइतबार छलफल गर्नेक्रममा अध्यक्ष ओलीले यस्तो भनाई राखेका हुन्।

ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय आफुहरुको कल्पना भन्दा बाहिरको बिषय रहेको समेत बताए।  ‘देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको अवस्था हो,’ ओलीले भने।

Shivam Cement

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले भण्डारीको कद घटाउने काम गरेको पनि बताए।

उनले पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेकोसमेत बताए।  ‘एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank