बुद्धमाया विश्वकर्माको स्वास्थ्यमा सुधार

दलित अनलाईन १ श्रावण २०७५, मंगलवार २२:२६

काठमाडौ— आफूलाई जातीय छुवाछूत र कुटपिट गर्नेलाई अदालतले जेल सजाय तोकेपछि न्यायको अनुभूति गर्न नपाई विष खाएर आत्महत्याको प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ ।
असार २७ गते बुधबार दिउँसो बुद्धमायाले विष खाएर बेहोस भएपछि उपचारका लागि बर्दिबास चोकस्थित शुभस्वस्तिक अस्पतालमा राखिएको थियो । तर उहाँको उपचारमा सुधार नभए पछि शनिबार काठमाडौं ल्याएर बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको हो ।
ग्रिन सिटी अस्पतालका डा.सन्तकुमार दासको नेतृत्वमा डा खेम भुषाल र डां रोशन ढकालको टोलीले बुद्धमाया विश्वकर्माको अवस्था जटिल बनेको भन्दै आइसियूमा राखेर थप उपचार गरेका थिए । विश्वकर्माको एट्रोपाइनमा क्रमिक रुपमा सुधार आएको डा सन्तकुमार दासले बताउनुभयो । ‘उहाँले लिएको विष अत्यधिक मात्रा भएकोले स्वास्थ्य अवस्था जटिल बनेको थियो, अहिले ८० प्रतिशत ठिक भइसकेको छ ’,उहाँले भन्नुभयो ।
आमाको स्वास्थ्यमा पहिला भन्दा धेरै सुधार आएको छोरी मनिषा विश्वकर्माले बताउनुभयो । धेरै सुधार आएको छ, पहिला भन्दा केही दिनमै आमा पूर्ण रुपमा पहिला जस्तै हुनुहुन्छ ,’उहाँले भन्नुभयो ।
काठमाडौं बसुन्धारास्थित ग्रिन सिटी अस्पतालले बुद्धमाया विश्वकर्माको निशुल्क उपचार गर्ने प्रतिवद्धता सहित घोषणा गरेपछि छोरा माधव र छोरी मनिषा विश्वकर्मा आमासँग काठमाडौ आउनुभएको हो ।
ग्रिन सिटी अस्पतालले निशुल्क उपचार गर्ने प्रतिवद्धता सँगै उहाँ काठमाडौमा गएर उपचार गरी रहँदा स्वास्थमा धेरै सुधार भएको विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रहपालले बताउनुभयो । ‘सुधार आएको छ , उहाँ केही दिनमै अस्पतालबाट डिस्चार्ज हुनुहुन्छ ।’
विष सेवन गरी आत्महत्याको प्रयास गर्नुभएकी बद्धमायाको आर्थिक अवस्था निकै कमजोर छ । कानुनी न्याय पाउनुभएकी बद्धमायाले सामाजिक डर, त्रास र धम्कीबाट बाँच्न विष सेवन गरी आत्महत्या गर्न खोज्दा समान्य उपचार भए पनि थप उपचार हुन सकेको थिएन् । बुद्धमाया विश्वकर्मालाई आफ्नो अस्पतालबाट उच्च सतर्कता अपनाएर उपचार गरीरहेको ग्रिन सिटी अस्पतालका अध्यक्ष तथा फोहर सङ्कलन अभियानका संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । ‘यो घटनालाई हामीले निकै महत्वपूर्ण रुपमा लिदै उहाँको उपचारलाई पनि निकै सक्रिय रुपमा अघि बढाएका छौं,उहाँले भन्नुभयो,‘हामीले बुद्धमायालाई दुई तीन दिनमै पूर्ण स्वस्थ अवस्थामा देख्न सक्छौं ।’
बुद्धमाया विश्वकर्माको उपचार ग्रिन सिटी अस्पताल बसुन्धाराले निशुल्क गर्ने घोषण यस अघि नै गरिसकेको छ ।

घटना के थियो
धारामा पानी छोएको भन्दै बुद्धमाया विश्वकर्माकी छोरी मनिषा र उनलाई कुटपिट गर्ने स्थानीय कमला गिरीविरुद्ध जिल्ला अदालत महोत्तरीले यही असार २४ गते जातीय विभेदको कसुर गरेको ठहर गर्दै ६ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । यसलाई दलित समुदायले ऐतिहासिक फैसला मानेका छन् । तर विश्वकर्माले उही टोलमा बस्नुपर्ने भएको कारण सामाजिक डर, त्रास र असुरक्षित महसुस गरी विष खाएर आत्महत्या गर्ने प्रयास गर्नुभएको थियो । विश्वकर्माका श्रीमान मजदुरीका लागि पोखरामा हुनहुन्छ भने एक छोरा र तीन छोरीहरु आफु संगै बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank