नेकपा सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्धबारे जानकारी

दलित अनलाईन २३ श्रावण २०७५, बुधबार १२:४३

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे अवगत गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माणलगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको प्रदेश, जिल्ला र जनसंगठनस्तरका एकताका लागि तयारीबारे छलफल भए पनि बैठक पुनः चाँडै बस्ने गरी सकिएको छ ।

सचिवालयको दुई साताअघिको बैठकमा नेता श्रेष्ठले चिकित्सक डा गोविन्द केसीको अनशनका विषयमा नेतृत्वसँगको असन्तुष्टिका कारण प्रवक्ताबाट राजीनामा दिएको बाहिर आए पनि त्यसबारे कार्यसूची बनाएर छलफल नभएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank