शिक्षकहरुमाथि प्रहरी बल प्रयोग गर्नु सरकारको कुशासनको अर्को उदाहरण : शेखर कोइराला

दलित अनलाइन बैशाख १४, २०८२

काठमाडौं  — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक–दुई दिनमै समस्या समाधान गरी पठनपाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार सामाजिक संजालमार्फत् कोइरालाले सरकारको ध्यानाकर्षण गराएका हुन्।

वार्तामार्फत् समस्या समाधान गर्नुपर्नेमा सडकमै शिक्षकहरुमाथि प्रहरी बल प्रयोग गरेकोमा उनले आपत्ति जनाएका छन्। पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण भएको भन्दै सत्तासाझेदार पार्टीका नेता कोइरालाले कडा टिप्पणी गरेका छन्।

Laxmi sunrise bank 2034

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठनपाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षासमेत सरेको छ। यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो,’ कोइरालाले लेखेका छन्, ‘अब धेरै ढिला भयो। एक–दुई दिनमै समस्या समाधान गरी पठनपाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank