प्रदेश २ सरकार मौन : कानून मन्त्रीले सप्तरीका सिडियो र सरकारी वकिललाई गरे फोन

दलित अनलाईन १० भाद्र २०७७, बुधबार २१:०३

फलोअप  अस्पतालमा बन्धक मुसहर दम्पतीको न्याय

 

काठमाडौं – गैर दलितबाट कुटिएर औषधी उपचार गर्ने क्रममा अस्पतालमा बन्धक मुसहर दम्पतीले न्याय र  औषधी उपचार खर्चका दुई दिन अघि प्रदेश २ का  मुख्यमन्त्री र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरमा निवेदन दिएपनि कुनै सुनवाई भएको छैन । तर मंगलबार प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री हिक्कमत कुमार कार्कीले सप्तरीका सिडियो, सरकारी वकिल कार्यलयका प्रमुख र इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपीसँग घटनाबारे चासो व्यक्त गरेका छन् ।

दलित अनलाईन डटकम र अवलोकित दैनिक लगातका दर्जर्नौ संचारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री कार्कीले सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य जिल्ला सरकारी वकील कार्यालय, सप्तरी जिल्ला न्यायधिवक्ता कैलाश दाहालसँग घटनाको विषयमा जानकारी लिएका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सरकारी वकिल कार्यलयमै मुद्दा छ,यो विषयमा थप बुझने काम भइरहेको बताए ।

सरकारी वकील कार्यालय, सप्तरी जिल्ला न्यायधिवक्ता कैलाश दाहालले कुटपिटमा संलग्न दिना साहलाई तारिखमा छोडिएको र उनको पत्नीलाई समेत पक्राउ गर्न,औषधी उपचार गराउन र त्यसमा लागेको खर्चको बिलभपाई मिसिलमा पेश गर्न प्रहरीलाई निर्देशन दिएको बताए । ‘ हिजो मात्रै प्रदेश १ का प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री हिक्कमत कुमार कार्की ज्यू घटनाबारे सोधीखोजी गर्नुभएको थियो,मैलै पिडीतलाई न्याय पाउने गरि प्रहरीलाई निर्देशन दिएको छु ।’

पिडीत शिवचन्द्र सदाको भाई पवन सदाले दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाईनमार्फत प्रदेश २ का  मुख्यमन्त्री र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सप्तरीका सिडियो र मानव अधिकार आयोगमा उजुरी गरेको भए पनि प्रदेश २ सरकारले कुनै चासो लिएको छैन । पानीको निकासको विषयमा बिबाद हुदाँ गत साउन ५ गते सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ६, महुलीका दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनको पतनी मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाईते भएका सदा दम्पतीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारका  लागि भर्ना भएका थिए । तर औषधी उपचार वापतको एक लाख ६० हजारभन्दा बढी रकम तिर्न नसक्दा सदा दम्पती अस्पतालमा बन्धक भएर बसेका छन् ।

शिवचन्द सदाका भाई पवन सदाले प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग,जिल्ला प्रशासन कार्यालयमा अस्पतालको बन्धकबाट मुक्ति र न्यायका लागि निवेदन दिएका छन् ।

घटना यस्तो छ : अविरल वर्षाको कारण मुसहरको घर आँगनमा पानी जमेपछि त्यसको निकासीको लागि छेउमै रहेको दिना साहको खेतमा पानी बगाउन खोजेपछि विवाद भएको थियो । शिवचन्द्र सदा (भुटाइ)ले आफ्नो झुपडीलाई जोगाउन पानीको मुहान खोलेपछि बिबाद भएको थियो । पानी खोलेपछि दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनको पतनी मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । घरमा पानी जमेपछि छिमेकी खेतबाला दिना साहको खेतमा निकास बाहेक अरु ठाउँ थिएन ।  तर, साह परिवारले आफ्नो जमिनमा पानी छिर्न नदिने भएपछि झगडा सुरुभएको थियो ।

कुटपिटबाट घाइते भएको सदा दम्पतीको स्थानीय क्लिनिकमा उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पतालमा भर्ना भएका थिए  । इलाका प्रहरी कार्यालय कञ्चनपुरले दिना साहलाई पक्राउ गरि अभद्र व्यवहारमा मुद्दा चलाएका थिए । तर तीन सातापछि गत साउन ३२ गते कुटपिट गर्ने साह जिल्ला सरकारी वकिलको कार्यलयको आदेशबाट रिहा भएपछि सदा दम्पतीलाई थप पिडा भएको छ ।

इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले मंगलबार पनि पिडकलाई बोलाएर औषधी उपचार खर्च तिराउन पहल गरिरहेको बताए । उनले भने,‘ कानून अनुसार पिडकले क्षतिपूर्ति तिर्नु पर्छ नभए जेल जानु पर्छ । ’भुटाईका छिमेकी समेत रहेका दलित अगुवा बलराम सदाका अनुसार गत साउन ३२ गतेसम्मै १ लाख ६० हजार भन्दा बढी पैसा तिर्न बाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank