देशभक्तिको भावना कमी र माटोको माया नगर्नाले विदेश जाने प्रवृति बढ्यो : प्रचण्ड

दलित अनलाईन १४ माघ २०८१, सोमबार १६:२२

तेह्रथुम—   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको टिप्पणी गरेका छन्।

लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेश जाने प्रवृति बढ्दै बताएका हुन्।

‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ।’  उनले भने, ‘म आम समुदायलाई अपिल गर्न चाहान्छु। हामी हाम्रा छोराछोरीहरुलाई , हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैँ धनी, आफैँ आत्मनिर्भर बन्नेबाटो तर्फ प्रेरित गरौं। विदेश पठाउन हतार नगरौं।’

Shivam Cement

प्रचण्डले अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित भएको उल्लेख गरे। उनले भने,‘विदेशमा पनि टुंग्गो छैन। कहाँ के हुने हो ? अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित गरिँदै छ। कतिबेला हजारौं नेपालीहरु फर्केर नेपाल आउनुपर्ने हो टुंगो छैन। त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठूलो लडाई भएर नेपालीहरु फर्किन पर्ने हो टुंगो छैन। हामीले आफ्नै देशको माटोमा पौरख गरौं। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वातावरण तयार गरौं।’

देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको बताए। उनले भने, ‘हाम्रो देश साधन स्रोतविहीन देश होइन, हाम्रो देश साधन स्रोतले सम्पन्न देश हो। हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मेहनत  र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोको दृष्टिकोणले अब्बल मानिस हौं।’ उनले भने, ‘देशमा भौतिक पूर्वाधारको पनि विकास र सहजता हुँदै गएको छ। तर युवाहरुलाई हामीले किन देशमै राख्न सकेका छैनौं भने देशमा टेक्नोलोजीको विकासमार्फत उत्पादनमा गुणात्मक वृद्धि गर्न सकियोस् भने अर्को दृष्टिकोणको कुरा हो। हामीप्रति देश र माटोप्रतिको माया भए दुःख गरेर भएपनि देशमै बसेर माटोमै रहेका आफै आत्मनिर्भर हुने काम गर्छ।’

अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank