राम्रो काम गर्न खोज्दा विरोध गर्ने र झुटो आरोप लगाउने लहर चल्यो- ओली

दलित अनलाईन २० फाल्गुन २०८१, मंगलवार १५:४४

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलनको ७८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरू सरकारमा हुँदा नाटक गरेर समय विताउने र अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने प्रवृत्ति रहेको बताए।

उनले भने,‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ। कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा भयो भने ड्रामा गर्ने चलन छ। अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने।’

Laxmi sunrise bank 2034

कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै आपत्ति जनाए।

उनले भने ‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन्। त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन्, फरक होइनन्। न्यूनतम पारिश्रमिक भन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन। त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ। ‘पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन।’

त्यस्तै उनले हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ भन्ने विषयमा सरकारको ध्यान गएको पनि उनले जानकारी दिए।

उनले भने, ‘अहिले अलि बढि संवेदनशिलतातिर वा भावनातिर बगेर अनावश्यक कुरामा नलागौं। सही ढंगले जाति-भाषाको उत्थान गरौं। त्यसमा सरकार सहयोग गर्न तयार छ। हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ। त्यसमा सरकारको ध्यान गएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank