प्रहरीको संरक्षणमा गुण्डा लगाएर डोम परिवारको उठिवास

दलित अनलाईन १५ आश्विन २०७५, सोमबार २२:४३

चन्दे्रश्वर सदा

शनिवार सिरहा नंरहा गाउँपालिका वडा नं.३ चोहर्वामा ६० बर्षदेखि बसोबास गर्दै आईरहेका दुई घर डोम परिवारमाथि बिपत्ति आईलाग्यो । स्थानीय भरतराज शर्माले प्रहरी प्रशासनको सहयोगमा स्थानीय लठैतहरु लगाई दुई घर भत्काईदिए । सडक छेउ रहेको महँगो एैलानी जग्गा आफ्नो दावी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा लडिरहेका शर्माले त्यसको छिनोफानो नहुँदै प्रहरीको सहयोगमा बुल्डोजर चलाएर घर भत्काईदिएपछि दुई घर परिवारका १८ जना सदस्य बिचल्लीमा परे ।
६५ वर्षीय बिल्टु मल्लिक डोमका अनुसार तीन पुस्तादेखि बस्दै आएको जग्गामा शर्माले जग्गा आफ्नो भएको दावी गदै तीनवर्ष देखि डोम परिवारलाई घरजग्गा खाली गरिदिन दबाव र गुण्डा परिचालन गदै आएका थिए ।
प्रहरीकै संरक्षण र गुण्डाको उपस्थितिमा आफुहरुमाथि अक्रमण गरी घर भत्काएको ५५ वर्षीय ललियादेवी मल्लिक डोमले बताइन् । ’हाम्रो बसोबास उठ्यो, हामी कहाँ जाने ? मल्लिक डोम भन्छिन ,‘प्रहरीकहाँ न्याय माग्न जाँदा तिनले हाम्रो उजुरी नै दर्ता गर्न मानेनन ।’
परिवारका सदस्य सञ्जय मल्लिक डोम (३७ वर्ष) का अनुसार, धेरै जसो काममा गएको मौका छोपी डेढसय भन्दा बढी मान्छे ल्याई घर भत्काईएको थियो । ‘घर भत्काउने बेला प्रहरीको समेत उपस्थिति थियो ।’ मल्लिक भन्छन्, ‘ अहिले हामी खुल्ला आकाशमुनी बस्नु परिरहेकोछ ।


मिर्चैयाको प्रहरी कार्यालयमा आफुहरुमाथि भएको अन्यायको विरुद्ध जाहेरी दर्ता गर्न जादाँ प्रहरीबाट घटनाको दर्ता नगर्नुले प्रहरी नै पैसामा विकेको ६५ वर्षीय बिल्टु मल्लिक डोमको आरोप छ । आफुहरुको अन्नपात र खाने सबै सामान नष्ट गरिदिएको भन्दै खाना समेत समस्या भएको बिल्टुले बताए । ‘घर सगैं हाम्रो अन्न पनि फालिदिए ।’ बिल्टु भन्छन्, ‘अहिले खानलाई पनि केहि छैन ।’
पीडित डोम परिवारले प्रमुख जिल्ला अधिकारी ,प्रहरी प्रमुख ,स्थानीय इलाका प्रहरीमा गुहार मागेपनि कसैले निवेदन समेत लिन नमानेको पीडित बेचु मल्लिक डोम ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank