
काठमाडौं — गृहमन्त्री रमेश लेखकमाथि कारबाही हुनु पर्ने माग गदै दलितका लागि दलित अभियानले काठमाडौंमा प्रदर्शन गरेका छन्।
सोमबार दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, अन्तरजातिय विवाह गर्दा गरिने जातिय हिंसा बन्द गर, दलितलाई खै रु लगायतका नारा लेखिएका ब्यानर लिएर उनीहरुले प्रदर्शन गरेका हुन्। सरकारलाई दबाब दिन उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका छन्।
अन्तरजातीय विवाह गर्ने सत्येन्द्र राम र नेहा रौनियारको जोडीलाई गृहमन्त्री लेखककै निर्देशनमा पटक–पटक पक्राउ गरिएको भन्दै गृहमन्त्रीमाथि कारबाही र छानविन गरिनु पर्ने दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले बताए ।
जब सम्म हाम्रो माग पूरा हुन्न अभियान जारि हुन्छ।