प्रहरी हिरासतमा मृत्यु भएका दलित युवाको शव अलपत्र

दलित अनलाईन २९ जेष्ठ २०७७, बिहीबार २२:५४

जनकपुरधाम – प्रहरी हिरासतमा रहस्यमय ढंगबाट झुण्डिएको अवस्थामा फेला परेका धनुषाको सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर शव अलपत्र परेको छ ।

प्रहरी हिरासतमा रहस्यमय ढंगबाट झुण्डिएको अवस्थामा फेला परेका  सवारी दुर्घटनाका प्रतिवादी युवाको शव अलपत्र परेको हाे।गत बुधबार मध्यरातमा धनुषाको सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा शौचालयभित्र झुण्डिएको अवस्थामा मृत भेटिएपछि स्थानीयले छानबिनको माग सहित पोष्टमार्टमा अवरोध सृजना गरेपछि शव अलपत्र परेको ‍हो।  गत बुधबार राती २ बजे मुसहर झुण्डिएको प्रहरीले जानकारी पाउनासाथ शव मुचुलका उठाई मृतकका आमा शिपाली सदाको सही छाप लिइ राती नै लिई शव जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको थियो ।

मृतका आफन्तले प्रहरी हिरासतको शौचालयमा, कमिज र भेस्टले घाँटीमा बाँधी , मुखमा कपडा कोचेर आत्महत्या गर्न नसक्ने भन्दै न्यायिक छानविनको माग अडान लिएपछि शव अलपत्र परेका छ । परिवारजनले शम्भुलाई प्रहरीकै संलग्नतामा मारेर आत्महत्याको नाटक रचेको आरोप आरोप लगाउँदै न्याययिक छानविनको माग गरेका छन् । मृतकका आमा शिपाली देवी सदाले भनिन, ‘मेरो छोराले आत्महत्या गरेको होइन, हत्या भएको हो, घटनाको छानविन हुनुपर्छ ।’

बुधबार प्रादेशिक अस्पतालस्थित प्राङ्गणमा मुर्छा परेकी थिइन्। उनलाई सम्हाल्दै मृतककी सासू तेतरी देवीले भनिन, ‘मेरो ज्वाइँले तीन दिन अगाडि आमा मलाई छोडाउनुस्, नभए मलाई यहीँ मार्छ, त्यसबेलाको कुरा सम्झँदै उनकी सासू तेतरी भनिन्, ‘ज्वाइँले मलाई छिट्टै हिरासतबाट निकाल्न भन्नुभएको थियो, नत्र मलाई यही मार्छ, मेरो ज्यानको खतरा छ, भनेर भन्नु भएको थियो ।’

थुनामा रहेका शम्भुलाई उनकी आमा शिपाली देवी र सासू तेतरी देवी भेट्न जाँदा शम्भुको कुरा सुनेर डराएका उनीहरुले  ट्याक्टर धनी संजय साहलाई चाँडो छुटाइदिन आग्रह गर्न उनको घरै पुगेका थिए । ‘संजयले यो विषयमा धेरै मान्छेलाई भन्ने नगर र पीर  पनि नलिनु भन्दाभन्दै मेरो ज्वाइँलाई मारिदियो, उनले भनिन्,’ हामी पनि ५ लाख रकम खोज्नतिर लाग्यौं।’

रकमको जोहो गर्दागर्दै आफ्नो ज्वाइँलाई प्रहरी हिरासतभित्र हत्या गरिएको तेतरी देवीको आरोप छ । यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले शम्भुले हिरासतमै आत्महत्या नै गरेको दाबी गरे । उनले भने, ‘हामीले कहिल्यै सोच्दै नसोचेको घटना घट्यो, एकदम शान्त स्वभाव शम्भुले कसरी आत्महत्या गर्‍यो, सुनेर म आफै झसंग भएँ, तर सत्य यही हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank