दलितको संवैधानिक अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री

दलित अनलाईन २३ बैशाख २०८०, शनिबार १९:२४

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलितको संवैधानिक अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री  ‘प्रचण्ड’ले  दलित समुदायले प्राप्त गरेका संवैधानिक अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री  ‘प्रचण्ड’ले  राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेका  उल्लेख गर्दै भने, “हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्याउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफैँ लडेर ल्याएको अधिकार हो ।”

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता महेश्वरजङ्ग गहतराज, गोपीबहादुर अछामी सार्कीलगायतले दलित तथा अल्पसङ्ख्यक समुदायको हितका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank