
प्युठान — प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीका एक दम्पत्ती आफ्नै घरमा मृत फेला परेका छन । ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमति हुकुमा परियार घरमा मृत फेला परेका हुन ।
फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठे पछि छिमेकीले त्यस्तो अवस्थामा देखेपछि नजिकको तिराम प्रहरी चौकीलाई खबर गरेका थिए ।
आइतबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपेश बस्यालसँग सम्पर्क गर्दा आफु अहिले पनि घटनास्थलमै रहेको बताउँदै भने, ‘ यी दम्पत्तीको शरिरमा गहिरो चोट लागेको छ । धारिलो हतियार प्रयोग गरेको र कसैले हत्या गरेको आशंका छ । ’
उनले थप अनुसन्धानका लागि भैरहवाबाट तालिम प्राप्त कुकुर झकिाएको बताए । डिएसपी बस्यालले उनीहरुका चार छोराहरु भारतमा रहेको र छोरीको विवाह भइसको बुझिएको छ ।
Leave a Reply