प्रधानमन्त्रीको गुनासो: रुघाखोकी के लागेको थियो, फेसबुकमा आइसियुकै फोटो हाले

दलित अनलाईन १४ माघ २०८१, सोमबार १६:१४

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेको भन्दै भ्रमपूर्ण तस्बिर सार्वजनिक गरिएकोप्रति गुनासो गरेका छन्।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मलाई सामान्य रुघाखोकी लागेको थियो। एन्टीबायोटिकले शरीर अलि कमजोर बनाएको थियो। तर, हाँच्छ्यू गरेको देख्यो भने आइसियुको फोटो फेसबुकमा आइहाल्छ। खोक्न पाएको छैन, आइसियुमा बसेको देखाउँछन्।’

प्रधानमन्त्री ओलीले यसलाई सरकारको विरोधका नाममा सीमित समूहले फैलाएको भ्रमका रूपमा टिप्पणी गर्दै यस्ता गतिविधिबाट जनता भ्रमित नहुने स्पष्ट पारे। समारोहमा प्रधानमन्त्री ओलीले दुई ठूला दलहरूको सहकार्यमा रहेको वर्तमान सरकार देशलाई स्थिरता र विकासको मार्गमा अघि बढाउन प्रतिबद्ध रहेको बताए।

उनले सत्ताको खिचातानीमा समय खेर फाल्ने प्रवृत्तिबाट देशलाई मुक्त गराउँदै विकास र स्थायित्वको बलियो आधार तयार गर्ने सरकारको अठोट रहेको उल्लेख गरे।

Shivam Cement

‘अब सरकारले विकासको नेतृत्व गर्नेछ। सरकार ढल्यो भनेर छाति पिट्नुको कुनै अर्थ छैन। नेपाली कांग्रेस र नेकपा एमालेले देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्,’ ओलीले भने। कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउँदै सोझा जनतालाई सेवा प्रदान गर्ने प्रणालीलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank