विजय राम हत्या प्रकरण : धनुषामा हजारौको संख्यामा विरोध प्रदर्शन

दलित अनलाईन २० भाद्र २०७७, शनिबार २३:३४

काठमाडौं– प्रहरी हिरासतमा रहेका विजय रामको प्रहरी कुटाईबाट हत्या भन्दै परिवारलाई न्याय दिलाउन गठिन संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन् ।
प्रहरी कुटाईबाट हत्या भएको संघर्ष समितिले ठहर गदै प्रहरी प्रशासनविरुद्ध आन्दोलन झनै सशक्त बनाउँदै लगेका हुन् ।
१० दिनदेखि जारी आन्दोलन निकै आक्रमक बन्दै गाइरहेको छ । हिरासतमा रहेका विजय रामको प्रहरी कुटाईबाट हत्या भएको र मृतकका परिवारलाई न्याय दिलाउन गठित संघर्ष समितिले घटनाको छानबिन, दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्तिसहित दश बुँदे माग राखी आन्दोलन गदै आइरहेको छ ।
विजय रामलाई प्रहरीको यातनाबाट हत्या गरिएको र दलित समुदायको श्रंखृलाबद्ध हत्या गरिएको भन्दै शनिबार धनुषामा विरोध प्रदर्शन भएको छ ।

संयुक्त दलित संघर्ष समिति प्रदेश २ को संयोजक चन्देश्वर दासको नेतृत्वमा हजारौको संख्यामा उपस्थित दलित समुदायले विरोध प्रदर्शन गरे ।
प्रदर्शनपछि आमसभा बोल्दै दलित नेता पच्चु माझि मुसहर, गंगा पासवान, सत्रुघन महरा, महिल नेतृ हिरादेवी दास तथा मानवाअधिकारवादी विनोद महराले विजय रामको हत्या प्रहरीबाटै भएको भन्दै दोषीलाई हैदसम्मको कारबाहीको माग गरे । उनीहरुले दलित समुदायमाथि श्रंखृलाबद्ध भएका हत्याका विरुद्ध आफुहरुले आन्दोलन जारी राख्ने बताए ।
निर्दोष मान्छेलाई फसाउने प्रहरीको रणनीतिले दोषी उम्काउनका लागि योजनाबद्ध रुपमा विजय रामको कुटपिट गरी हत्या गरेको भन्दै दलित समुदायमाथि हत्या श्रंखृलाहरुमा राज्यकै संग्लनता रहेको दलित नेता चन्दश्वेर दासले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank