दलितका लागि दलित अभियानबाट निर्वाचन आयोगमा ३ बुँदे माग पेश : दलित १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ

दलित अनलाईन ९ माघ २०८१, बुधबार १८:३९

काठमाडौँ  —  दलित समुदायको लागि समानुपातिक प्रतिनिधित्व र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग राख्दै  दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारको नेतृत्वले निर्वाचन आयोग ३ बुँदे माग पेश गदै  प्रदर्शन गरेको छ ।

बुधबार निर्वाचन आयोगमा ३ बुँदे माग पेश गदै दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वले नेपाल निर्वाचन आयोगको कार्यालय कान्तिपथ अगाडी प्रदर्शन  गरेको  हो ।

मिश्रित निर्वाचन प्रणाली कायम गर्ने हो भने प्रत्यक्षमा दलितका लागि समानुपातिक परिणाम आउने गरी निर्वाचन क्षेत्र आरक्षित गरिनुपर्छ । अर्को विकल्प निर्वाचन क्षेत्र आरक्षित नगर्ने हो भने दलितलाई प्रत्यक्षमा कम्तीमा समानुपातिक उमेद्वार दिइनुपर्छ र प्रत्यक्षबाट निर्वाचित नभएको खण्डमा समानुपातिकबाट दलितको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरिनुपर्छ ।

३ बुँदे माग बारे संयोजक सुनारले भने, ‘एकीकृत निर्वाचन विधेयकले दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छैन । संविधानले स्वीकार गरेको दलित समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी एकीकृत निर्वाचन ऐन जारी गरिनुपर्छ ।

tata-motors

    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank