बहुमतले पारित नीति तथा कार्यक्रम

दलित अनलाईन ६ जेष्ठ २०७७, मंगलवार १६:३०

काठमाडौं- आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिए लगत्तै बहुमतले पारित भएको हो।

प्रमुख प्रतिपक्षी  कांग्रेस र साना दलले विरोध गरे पनि बहुमत सदस्यले पक्षमा आवाज उठाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरे ।

नीति तथा कार्यक्रममाथि सांसद डा‍‍‍‍. मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए । सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनीहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।  नीति तथा कार्यक्रम पारित भएसँगै प्रतिनिधि सभाको अर्को बैठक  जेठ १३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank