बाग्लुङ्ग — सिउँदोमा रातम्मे सिन्दुर , काँखमा ‘मेरो हजुर’ अर्थात उनको दिलको जोडी कालु । उनै कालुलाई काँखमा राखेर दृश्यमा मस्त जवान युवती देखिने एक किशोरीले टिकटक बनाएकी छन् ।
काँखमा बसेका उनै मेरो हजुरलाई सुम्सुमाउँदै र उनै तर्फ औलौले इङ्गित गर्दै –‘ ‘ रोजी छैन अरुलाई छोडी तिमीलाई , ईतिहासमा लेखिरहोस हाम्रो मायालाई… तिमी नै हौं जीवन साथी…..’ बोलको गीतमा बनाईएको त्यो टिकटिक हेर्दा अहिले परिवारका सदस्यहरुको मुटु भक्कानिने गरेको छ ।
केहि दिन अघि सम्म भर्खरै विवाहित जोडीका रुपमा त्यसरी नै अनेकन टिकटक बनाउने गर्थे । एक-अर्कामा जिस्कीने, मात्तिने , कहिले हँसाउने, कहिले रुहाउने अनि उत्तिखेरै भुल्ने-भुलाउने र एक-अर्को विना बाँच्ने कुरा कल्पना पनि गर्न नसक्ने ती जोडीहरु अहिले एक अर्का देखि निकै टाढा छन । मनमनै उनै दिनको झझल्कोले अलगअलग तड्पिएका छन् ।
कोही बन्द कोठाका बन्दी छन् भने कोही खुल्ला कोठाका झन निसास्निे बन्दी छन् । तर , भौतिक रुपमा जता जो जसरी बन्दी रहे पनि मन–मस्तिकमा उनिहरु पलपल संगै छन् । उता उनीहरुलाई झनपछि झन टाढा बनाउने गिरोह भने निकै सक्रिय छ र त्यसरी अलग अलग बनाउन पाएकोमा निकै हर्षित पनि छ ।
घटना हो बाग्लुङ्गको बडिगाड गाउँपालिकास्थित एउटा शिक्षित सचेत र निकै सभ्य समाज जलजलाको । तर के गर्ने त्यसै शिक्षित , सचेत र सभ्य समाजभित्र एउटा कलंक सधै कतिपयको मनमस्तिस्कभित्र सल्बलाई रहन्छ । जसले सु–सभ्य समाजलाई होईन, असभ्य र कुरुप समाजको भुत सवार गराईरहन्छ । त्यो कलंक हो जातिय विभेद । त्यही जातीय विभेदको कंलकंकले त्यो सभ्य र सुन्दर गाउँ जलजलामा कसैलाई जंगलीराजको ज्यादती भोगाईको अनुभुत गराएको छ ।
बडिगाड गाउँपालिका वडा नम्वर ८ नरसिंहे किटेनी गाउँका १९ बर्षीय सुनिल सुनारले एउटी केटीलाई दिलै देखि माया गरे । उनैलाई वन साथी बनाएर संगै ज्युँर्ने मर्ने सपना साँचे तर उनको त्यो माया र सपना कसैका लागि ठुलो अपराध भई दियो ।
किनकी उनले माया गर्ने जोडी थिईन सोही गाउँपालिका वडा नम्वर ४ जलजला गाउँकी १७ बर्षीया एक मगर समुदायकी छोरी । उनि मगरकी छोरी, सुनिल सुनार अर्थात दलितको छोरा भएकै कारण उनको माया प्रेम अपराध मात्रै होईन जघन्य अपराधमा परिणत भएको हो ।
उनीहरुको माया प्रेम साथीत्वबाट सुरु हुन्छ । उनीहरु सोही स्थानमा रहेको एउटै विद्यालयका विद्यार्थी हु्न् । पछिल्लो चरण सुनिलले कक्षा ११ र उनकी प्रेयसीले कक्षा १० मा पढ्दै थिईन् । सुनिलका परिवारजनका अनुसार दलितको छोरासँग छोरीको माया प्रेम छ भन्ने सुँईको पाए पछि बाबु-आमाले अन्यत्रै विवाह गराउन खोजेका थिए ।
तर प्रहरी प्रमुखकै भनाई अनुसार हो भने जाहेरी प्रहरीको सट्टा सरकारी वकिलको कार्यालयबाट पर्नुले जातीय विभेद टिकाई राख्ने कट्टर पक्ष र त्यसलाई मलजल गर्ने वा राजनैतिक प्रतिशोध साँध्ने कुनै पार्टीको षडयन्त्र यस घटनामा भएको र तीनै सिमित मानिसहरुको पहुँचमा ‘जंगलीराज ’ भनिए जस्तै चलाउन खोजेकोे दलित अधिकारकर्मीहरुको आरोप छ ।
त्यो कुरा सुनिलकी प्रेयसीले चाल पाए पछि सुनिलसँगै भाग्ने योजना बनाईन । फलस्वप गत शिवरात्रीको मेलाताका दुबै जनाले आ–आफ्नो घर छाडेर आफ्नै दुनियाँमा रमाउन पुगे । गाउँमा निकै हल्लीचल्ली भयो । दलितको छोराले मेरी छोरी ताक्ने ? यस्तो सवाल उठाउँदै अभिभावकहरु रिसले आगो हुन थाले ।
उनिहरुले छोरीको खोज तलास गरि पाउँ भनि बडिगाड गाउँपालिकाको केन्द्र रहेको खाजा प्रहरी चौकीमा फागुन २१ गते निवेदन दिए । प्रहरीले त्यसको तीन दिन पछि फागुन २३ गते उनिहरुलाई खोज तलास गरि प्रहरी चौकीमा झिकायो । उनिहरु निर्भयर र निडरताका साथ एक अर्काको हात समाउँदै प्रहरी चौकीमा आए । तर उनिहरु जति निडर भए पनि विवाह गर्ने उमेर नपुगेका कारण कानुनका सामु निरिह हुनु पर्ने बाध्यता थियो । फलतः विवाह गर्ने उमेर पुगे पछि विवाह गरौला अहिले आ–आफ्ना अभिभावकको जिम्मा लागेर जाउ भन्दै सोही दिन फागुन २३ गते पठाईएको खारा प्रहरी चौकी ईन्चार्ज असई गुरुप्रसाद न्यौपाने बताउँछन् ।
यस बाट पनि छोरी दलितसंगै केहि दिन टाप कसेको रमेको र पछि प्रहरी लगाएर बाबु आमाले फर्काएको एउटा प्रमाण जगजाहेर छ । दोश्रो प्रमाण यता सुनिलका बाबु आमा र सेतै फुल्न लागेका उनका हजुर बाबु चन्द्रबहादुर सुनार लगायतका त्यस टोलबासी छन् ।
खारा प्रहरी चौकीबाट त्यसरी आ–आफ्नो बाटो लागेका उनिहरु छुटेको चौविस घण्टा पनि एक्ला एक्लै बाँच्न सकेनन् । सुनिलकी आमा तुल्सी सुनार भन्छिन् –‘ छुटेको चौविस घण्टा नवित्दै उताबाट त्यो केटीको फोन आयो । उसको परिवारले फोन खोसेका रहेछन् । अर्कैको बाट फोन गर्दैछु । म बाबु आमा छाडेर बीचबाटोमा आई पुगें । मलाई लिन आउने भए आउनु नत्र मेरो बाटैमा लास हेर्नु भनेर फोन गरे पछि छोरा लिन गएको हो । ’
उनले सोही दिन साँझ छोरा लिन गए पछि उनलाई हटिया भन्ने ठाउँमा भेटरे घर ल्याउन लागेको बेला आफुँहरु बीचबाटो मै पुगेर घर आउनबाटा रोकेको बताईन । रातभर उनिहरुलाई गाउँ देखि परै रोकेर अर्को दिन फेरी प्रहरी कै रोहवरमा बाबु-आमाको जिम्मा लगाएको उनको भनाई छ ।
सुरु भयो अब तेश्रो पटक भाग्ने र समातिने क्रम
उनिहरु तेश्रो पटक कुन मितिमा भागे भन्ने एकिन तथ्य हामी कसै सग छैन । तर उनै किशोरीका बाबुले छोरी गत फागुन २८ गते देखि घरबाट बेपत्ता भएको भन्दै बैशाख १६ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा खोज तलासका लागि निवेदन दिएको बताएका छन् ।
त्यस यताको डेढ दुई महिना सम्म उनिहरु आफ्नै दुनियामै रमेका थिए । यहि क्रममा गत जेठ ३१ गते भिमगिठे प्रहरीले उनिहरुलाई सम्पर्कमा ल्यायो । सुनिलका बाबु बृखमान सुनारलाई पनि बोलायो र वुर्तिबाङ्ग ईलाका प्रहरी कार्यालय हुँदै निवेदन परेको स्थान जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग पठाईएको भिमगिठे प्रहरी चौकी ईन्चार्ज असई विनय रेग्मी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय पुगेका सुनिल विरुद्ध उनकी प्रेमीकालाई जवरजस्ती करणी अर्थात बलात्कारको मात्रै होईन, नावालिका अपहरण र शरिर बन्धक मुद्धा समेत किशोरीका बाबुले जक्काए । छोरी भगाउने सुनिल विरुद्ध त रिस आवेगमा त्यस्तो मुद्धा दिनु स्वाभावकि पनि थियो होला । तर उनले सुनिलका बाबुलाई समेत अपहरण र शरिर बन्धकको सहयोगी अर्थात मतियारका रुपमा मुछे पछि बाबु-छोरा दुवै यति बेला प्रहरी कष्टडीमा रहेका छन् ।
बाग्लुङ्गका प्रहरी प्रमुख एसपी ज्ञवालीले त्यस प्रकारको मुद्धा प्रहरी कार्यालयबाट नभई सरकारी वकिलको कार्यालयबाट लेखाएर आए पछि आफुहरुले हिरासदमा लिई कारबाही अगाडी बढाउनु परेको बताएका छन् ।
‘जलजलामा जंगलीराजको अनुभुत’
छोरा र नाती दुबै थुनिएको सुन्दा सुनिलका हजुर बाबु चन्द्रबहादुर सुनार दलित भएकै कारण यस्तो अत्यचार आफुँहरुले अहिले सम्म नभोगेको तर अहिले त्यहाँका दलितमाथि जंगलमा सिंहहरुको राज अन्य स–साना वन्यजन्तुमा चले जस्तै यहाँका सिमित ठुला बडामा चलेको महशुस भईरहेको बताउँछन् ।
उनि भन्छन्–‘ सत्रु लागे , हाम्रो पक्षमा बोली दिने कोही भएनन् । मेरो नाती र छोरा धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भए । खास दुई तिनफेर खोज्दै आएको केटीले हो मेरो नाती केटाले होईन । उल्टै अहिले छोरी बाहिर, मेरो नाती र छोरो समेत प्रहरी भित्र यो भन्दा अन्याय के हुन सक्छ ? ’
ति किशोरीका बाबु रुद्रबहादुर दर्लामीले पछिल्लो पटक उनिहरु दुवै जना भागेर हिडेको र उनिहरु बसेको ठाउँको समेत उनिहरु स्वयमले सुचना दिएको खुलासा गरे ।
उनले भने–‘ उनिहरु फागुन २८ गते भागे पछि मैले बैशाख १७ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा आएर छोरी खोजतलास गरि पाउँ भनि निवेदन दिएको थिएँ । उताबाट आमाको मोवाईलमा छोरीले हामी रुकुमको कमरेर भन्ने ठाउँमा छौं , मुद्धा हाल्नु पर्दैन, त्यो मुद्धा फिर्ता गर्नुहोस भनेर लेखेकी थिई । ’ उनको त्यो भनाईले पनि सुनिलले उनकी छोरीलाई बेखबर र बेपत्ता पारेको नदेखिने केहि कानुन व्यवसायीहरुको ठहर छ ।
आखिर बन्धक बनाउने को ?
स्थानीयका अनुसार दुई दुई पटक सुनिल संग छुटाएर ल्याए पछि बाबु्ले ती किशोरीलाई घरबाट हिड्न दिएका थिएनन् । छोरीमाथि दलितसंगै गए जस्तै जातीय विभेदकै व्यवहार गर्दथे । गोेठमा खान लगि दिने , फोन खोसी दिने गरेर सम्पर्कविहिन पारेका थिए । त्यसबाट तनावग्रस्त बनेकी छोरी पहिलो र दोश्रो पटक पनि भागेर सुनिललाई भेटन पुगेकी थिईन ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट छोरीलाई घर ल्याएर आएका उनले घरमा बढो निगरानीमा राखेको र एउटा बन्दी कैदीकै व्यवहार गरेको स्थानीय कतिपयको आरोप छ । स्थानीय एक शिक्षक भनछन्–‘ कसै सँग गहिरो प्रेममा फसेकी उनलाई त्यही तरिकाले घरमा राख्दै जाँदा भोली उनलाई डिप्रेशन भए वा अन्य अप्रिय घटना घटे त्यसको जिम्मा कसले लिने ?’
दलित, गैरदलित युवा युवती वा किशोर किशोरी बीचको यस्तो सम्वन्धका बिषयमा अन्य जिल्लामा पनि यस्ता थुप्रै उजुरी परेको पाईन्छ । तर प्रहरीले त्यो व्यवहारिक पक्षलाई हेरेर उमेर नपुगेका कारण अभिभावकको जिम्मा लगाएर पठाउँछ । जसले गर्दा समाजा कुैन एक पक्षले यति ठुलो अन्यायको महश्स गर्न पर्दैन । जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले पनि त्यो मौका दिएर पठाउनु पर्ने देखिन्छ ।
तर प्रहरी प्रमुखकै भनाई अनुसार हो भने जाहेरी प्रहरीको सट्टा सरकारी वकिलको कार्यालयबाट पर्नुले जातीय विभेद टिकाई राख्ने कट्टर पक्ष र त्यसलाई मलजल गर्ने वा राजनैतिक प्रतिशोध साँध्ने कुनै पार्टीको षडयन्त्र यस घटनामा भएको र तीनै सिमित मानिसहरुको पहुँचमा ‘जंगलीराज ’ भनिए जस्तै चलाउन खोजेकोे दलित अधिकारकर्मीहरुको आरोप छ ।
बडिगाड गाउँपालिका दलित सञ्जालका सचिव बुद्ध परियार भन्छन्–‘ जातीय विभेदकै कारण माया प्रेमको कुरालाई जघन्य अपराधको मुद्धा बनाएर त्यस दलित परिवारलाई फसाईदै छ ।
यदि सवजातीय हुन्थो भने यसरी दुई तिन पटक जाने फर्काउने हुँदैन्थ्यो । सिधै विवाह गराईन्थ्यो । दलित भएकै कारण बलात्कार, अपहरण र शरिर बन्धक जस्ता झुटा मुद्धा लगाईदै छ । ’ उनले कानुनी जगमा मात्रै नटेकेर समाजको वस्तुगत अवस्थालाई पनि बुझेर न्यायको पाटोमा लाग्नु पर्नेमा कुनै एक पक्षले जे चाह्यो त्यसैमा उसैको राज चलेको पाईयो । ’
सञ्जाल कै अर्का एक सदस्य भन्छन्–‘ केटाबाट बलात्कारको शिकार भएँ भनेर गाउँबासीसँग ती किशोरीले भन्न सकुँन, आरोपितलाई कारबाहीका लागि गाउँबासीले पनि माग गर्दछौं तर छोरीलाई घरमा बन्धक बनाएर उता बलात्कारको मुद्धा दिईनु कानुनको आडमा मानवता विरोधी कसैमाथीको ज्यादती हो । कनुनता : सहि होला तर व्यवहारिक पक्ष हेर्ने हो भने सिमित पक्षको जंगलीराज भन्ने सुनिए जस्तै हो । ’
बडिगाड गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष मिलन रेश्मीले यति ठुलो बिषय बारे आफुलाई दुबै पक्षले जानकारी नदिएको तर जब जिल्लामा जाहेरी परे पछि पत्रकारहरुले सोध्धा मात्र थाह भएको प्रतिकृया दिदै समाजको वस्तुगत अवस्था बुझेर अगाडी बढ्नु पर्नेमा त्यसो हुननसकेको भन्दै दुख ब्यक्त गरे ।
हार्ने छन् दुश्मन सम्भव छ मिलन
अन्य स्थानीय भन्छन्–‘ अरुका लागि उनिहरुको प्रेम कहानी फगत केटाकेटी खेल जस्तै बनेको छ । तर उनिहरु जेल –नेल जे सुकै भए पनि एक अर्का बिना बाँच्न सक्ने देखिदैन । अर्को कुरा विस्तारै समाजले काँचुली फेर्ने छ । काँस्की जिल्ला अदालतमा जस्तै दलित विरुद्धको मुद्धा उल्टीए झैं उल्टीने छ । अन्ततः दुश्मनहरु हार्ने छन । जित अबश्य प्यारको ह्ने छ ।’
हुन पनि सुनिल जति उनि प्रति आशक्त छन त्यो भन्दा बढि उनकी प्रेयसी आशक्त भएको उनले आफैले बनाएको भिडियो बाट बुझ्न सकिन्छ । उनले घर देखि तल पुगेका उनै आफ्नो जोडी सुनिललाई चुलबुलेर बालबालिकाको स्वर र शैलीमा भनेकी छन् –‘उ मेरो काले तल. जान् भा’छ मलाई फ्यान्ट ल्याई दिन…’
त्यसको केहि दिन मै अलग भएका जोडी सुनिलले पनि भिडियोमा उनकी प्रेमीकालाई काँखमा समातेर नचाउँदै यस्तो गितमा टिकटक बनाएका छन् –‘ पानी धारो ,कति गाह्रो… माया जालमा परेसी.. । ’
साँच्ची नै माया जालमा परेसी सपना सफल पार्न सबैलाई गाह्रो पर्छ । त्यस माथी सुनिल एक दलितको छोरो जसले कथित उपल्लो जातकी किशोरीलाई माया ग¥यो उसलाई त झन गाह्रो पर्ने नै भयो । तै पनि सुनिल हरेश नखानु । बुझ्नेले माया बुझिन भने , अतितका पलहरुमा फर्किन भने बर्तमानमा नसहि भविष्यमा मिलन हुने नै छ ।
Leave a Reply