काठमाडौँ — राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ ।
बिहीबार राष्ट्रियसभामा प्रश्नोत्तरको कार्यक्रम भएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को परिच्छेद ८ प्रश्नोत्तर खण्डको नियम ४० देखि ५५ ग सम्म प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तर सञ्चालन गर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सांसद कमला पन्तले प्रश्न गरेकी छन् भने प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस भएको छ । त्यसैगरी मन्त्रीहरूसँग कृष्णबहादुर रोकाय, मदनकुमारी शाह (गरिमा) लगायतले मौखिक प्रश्न गरेका थिए ।
Leave a Reply