महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मातहतका कमिटीलाई पठाउने एकीकृत समाजवादीको निर्णय

दलित अनलाईन १४ जेष्ठ २०८१, सोमबार २०:०६

काठमाडौँ —  नेकपा एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय कमिटीको ८ औँ बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्ताबेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको हो ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्नका लागि गरिएका संवादबारे छलफल भएको छ ।

यस्तै बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा ७ जना नेताको टोली जेठ १६ गते चीन भ्रमणमा जाने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank