दलितले पानी खाएको भन्दै चापाकलको धारा उखोलेर लगेपछि………

दलित अनलाईन ८ कार्तिक २०७५, बिहीबार १०:३१

पर्सा- दलितले पानी खाएको भन्दै कथित माथिल्लो जातका व्यक्तिहरुले सार्वजनिक चापाकलको धारा खोलेर लुकाएपछि पर्साको एक गाउँमा खानेपानीको हाहाकार भएको छ ।

जिल्लाको बैरियाबिर्ता गाविस–५ नौतजका स्थानीय उपल्लो जात भनिएका केही व्यक्तिले सोही ठाउँमा रहेको धारा खोलेर लगेपछि सो ठाउँका दलितलगायतका स्थानीय खानेपानीको सुविधाबाट वञ्चित भएका हुन् ।
मङ्सिर ८ गते सोही ठाउँका स्थानीय लक्ष्मी राउत डोमले धाराको पानी खाएको भन्दै स्थानीय केही व्यक्तिले धारा खोलेर लगेपछि खानेपानीको अभाव भएको स्थानीयले बताए ।

सो स्थानमा रहेको मठमा राखिएको सार्वजनिक चापाकलको पानी आफूले खाएको भन्दै स्थानीय बह्मदेव यादव, चोकट यादवलगायतले आफूहरुलाई धम्कीत दिएको पीडित डोमले बताए ।

पानी खाएकै कारण आफूलाई उनीहरुले दण्डित गर्ने प्रयास गरेको भए पनि आफूले कुनै पनि हालतमा कुनै जरिवाना नतिर्ने अडान लिएपछि धारा नै खोलेर लगेको पीडित डोमको भनाइ छ । कथित उपल्लो जातको व्यक्तिले सार्वजनिक धारा खोलेर लगेपछि आफूसहित केही स्थानीय नदीको दूषित पानी पिउन बाध्य भएको डोमले बताए ।

एक्कासी धारा खोलिदिएपछि मारमा परेको भन्दै सोही ठाउँका नाजा सहनीले धारो जोडिदिन आग्रह गर्दा सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा उनीहरुविरुद्ध उजुरी दिएको उनले बताए ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक अनिल घिमिरेले आफूले धारा जडान गर्न निर्देशन दिइसकेको जनाउँदै तत्काल धारा जडान हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank