प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

दलित अनलाईन २१ माघ २०७८, शुक्रबार २०:२०

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले परियारलाई प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

पाँचौ पटक प्रधानमन्त्री भएपछि अनौपचारिक रुपमा देउवाको सचिवालयमा बसेर काम गरिरहेका परियार प्रेस सल्लाहकार नियुक्त भएका हुन् । परियार यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजकको रुपमा काम गरिसकेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको सचिवालयमा रहेर परियारले लामो समयदेखि प्रेस हेर्दै आएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारितामा तालिम प्राप्त गरेका परियार करिब १५ वर्षदेखि पत्रकारितामा क्रियाशिल थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank