कोरोना महामारीविरुद्ध दलित नागरिक अभियानका यी हुन् ११ निर्णय

दलित अनलाईन ५ बैशाख २०७७, शुक्रबार १३:५१

दलित गैर सरकारी संस्था महासंघका कार्यबाहक अध्यक्ष भक्त विश्वकर्माको संयोजकत्वमा १५ सदस्यहरु रहने कोरोना महामारीविरुद्ध दलित नागरिक अभियान गठन गरी ११ निर्णय सार्वजनिक गरिएको छ ।

अप्रिल १० मा अनलाइनद्धारा गरिएको बैठकले एक संयोजकसहित १५ सदस्यहरु रहने कोरोना महामारीविरुद्ध दलित नागरिक अभियान गठन गरी ११ निर्णय सार्वजनिक गरिएको हो ।

कोरोना महामारीविरुद्ध दलित नागरिक अभियानका ११ निर्णयमा  के छ ।

निर्णय नं. १ :
प्रस्ताव नं. १ माथि छलफल गर्दा दलित गैर सरकारी संस्था महासंघका कार्यबाहक अध्यक्ष भक्त विश्वकर्माको संंयोजकत्वमा “कोरोना महामारी विरुद्ध दलित नागरिक अभियान””(Dalit Civil Campaign Against Corana Pendamic) निर्माण गरि परिचालन गर्ने । उक्त समितिमा दलित समुदायको हितमा कार्य गर्ने नागरिक समाजका संघ संस्था र व्यक्तिहरुलाई समावेश गर्ने गरि खुल्ला राख्ने । यसैगरि सरकार, नागरिक समाज लगायत विभिन्न सरोकारवालाहरुसंग सम्पर्क, समन्वय तथा सहकार्यको वतावरण निर्माणको लागि एक संयोजकसहित तपसिल बमोजिमका विभन्न १५ सदस्यहरु रहने गरि एक (Rapid Action Committee)  निर्माण गर्ने निर्णय गरियो । उक्त संरचनालाई महासंघका प्रदेश इन्चार्जहरु, सहइन्चार्ज वा प्रदेश अध्यक्षको संयोजकत्वमा केन्द्रमा जस्तै समिति निर्माण गरि एक सात देखि नौ सदस्यीय सचिवालय समिति निमार्ण गरि परिचालन गर्ने । Rapid Action Committee को विस्तृत कार्य विवरण समितिले नै तयार गरि कामलाई अगाडी बढाउने छ । दु्रत कार्य समितिले काम गर्दा सबैको पहिचान तथा सहअस्तित्व, समन्वय र सहकार्यमा अन्य संघ संस्थाहरु सँंग र नेपाल सरकार सँंग काम गर्नेछ । Action Committee निम्न बमोजिम रहेको छ ।

१ भक्त विश्वकर्मा, संयोजक
२ गणेश विश्वकर्मा, सदस्य
३ जे. बि. विश्वकर्मा, सदस्य
४ मोतीलाल नेपाली, सदस्य
५ रेम विश्वकर्मा, सदस्य
६ प्रदिप परियार, सदस्य
७ कला स्वर्णकार, सदस्य
८ ईश्वरी प्रसाद विश्वकर्मा, सदस्य
९ नरेन्द्र पासवान, सदस्य
१० तिर्थ बर्मा, सदस्य
११ त्रिलोक चन्द विश्वास वि.क., सदस्य
१२ गजाधर सुनार, सदस्य
१३ चक्रमान विश्वकर्मा, सदस्य
१४ राजन विश्वकर्मा, सदस्य
१५ गौरा नेपाली, सदस्य
१६ पम्फा परियार, सदस्य
१७ सन्जु सिंह विश्वकर्मा
१८ कमला हेमचुरी, सदस्य
१९ सुशील वि. के., सदस्य
२० धन बहादुर मिजार सदस्य
२१ चेतनारायण रसाईली, सदस्य
२२ रुप सुनार, सदस्य
२३ सरोज दिलु, सदस्य
२४ दिपक सोनी, सदस्य
२५ सुन्दर सैनी, सदस्य
२६ विनोद पहाडी, सदस्य
२७ पवित्रा सुनार, सदस्य
२८ सरु सुनार, सदस्य
२९ गोपाल प्रसाद विश्वकर्मा, सदस्य
३० अन्जान परियार, सदस्य
३१ कल्पना बस्याल, सदस्य
३२ जितेन्द्र पासवान सदस्य
३३ एकराज लकान्द्री सदस्य
३४ अशोक दर्नाल, सदस्य
३५ डि. वि. नेपाली, सदस्य
३६ केदार गन्र्धव सदस्य
छुटेका प्रतिनिधिलाई भविश्यमा थप्दै लगिनेछ)
(उक्त ३६ जनाबाट १५ जना छनौट गरिएको)

(Rapid Action Committee)  समितिका सदस्यहरु

१ भक्त विश्वकर्मा, संयोजक
२ गणेश विश्वकर्मा, सदस्य
३ मोतीलाल नेपाली, सदस्य
४ जे. बि. विश्वकर्मा, सदस्य
५ रेम विश्वकर्मा, सदस्य
६ कला स्वर्णकार, सदस्य
७ प्रदिप परियार, सदस्य
८ विनोद पहाडी, सदस्य
९ त्रिलोक चन्द विश्वास वि.क., सदस्य
१० ईश्वरी प्रसाद विश्वकर्मा, सदस्य
११ नरेन्द्र पासवान, सदस्य
१२ तिर्थ बर्मा, सदस्य
१३ गौरा नेपाली, सदस्य
१४ अशोक दर्नाल ,सदस्य
१५ पवित्रा सुनार, सदस्य

निर्णय नं. २ :
प्रस्ताव नं. २ माथि छलफल गर्दा कोरोनाभाइरस, कोविद १९, लकडाउन पश्चात दलित, दलित महिला तथा गरिब, सीमान्तकृत समुदायमा परेको असरको अवस्था लेखाजोखा गर्ने । जसका लागि दलित गैसस महासंघले तयार पारेको प्रश्नावलीहरुलाई फोन तथा इमेलको माध्यमबाट एक सय वटा प्रश्नावली भराई एक हप्ता भित्र दलित गैर सरकारी संस्था महासंघमा पठाउने र अर्को एक हप्ता भित्र छोटो अवस्था विश्लेषण प्रतिबेदन तयार गर्ने जुन प्रतिबेदनले कोरोना र दलित समुदायका लागि सरकार, नागरिक समाज, दातृ निकाय तथा स्वयं दलित समुदायले गर्नुपर्ने कामका विषयमा सहयोग गर्नेछ । त्यसका लागि प्रश्नावली डिएनएफले सहभागी सबैजनालाई चैत्र ३० भित्र पठाइ सक्ने भनि सर्ब सहमतिले निर्णय गरियो ।

निर्णय नं. ३ :
प्रस्ताव नं. ३ माथि छलफल गर्दा हाल सम्म दलित गैसस महासंघ लगायत विभिन्न संघ संस्थाहरुले आआफ्नै तरिकाले सरकारलाई ध्यानाकर्षणका लागि विज्ञप्ती जारी गरिरहेकोले अव सम्पूर्ण दलित संघ संस्थाको संयुक्त प्रेस विज्ञप्ती तयार गरि “राहतमा राजनीति र विभेद हुन नदिन खबरदारी”गर्न सरकार तथा सम्पूर्ण सरोकारवालापक्षहरुको धयानाकर्षण गर्ने । प्रेस विज्ञप्ति तयार पर्दा केहि घटना तथा वास्तविक तथ्य तथ्यांकलाई समेटी नेपाली र अंग्रेजी दुबै भाषामा प्रेस विज्ञप्तिको मस्यौदा तयार गरि सबैलाई उठाउने र यसका लागि दलित गैर सरकारी संस्था महासँंघलाई जिम्मा दिने निर्णय गरियो ।

निर्णय नं. ४ :  
प्रस्ताव नं. ४ माथि छलफल गर्दा खास गरि विपदमा विभेद गरिने हाम्रो तितो तर यथार्थताको विगत हामी सँंग छ । अहिले महाविपद्को स्वरुप प्रकृति तथा असर कुनै पनि बेला नसुनिएको र नभोगेको विपद् छ । यसमा विश्वले नै नयाँ नीति नयाँ संरचना र कानून निर्माण गरि लागु गर्नुपर्ने देखिन्छ । यसले समग्र विधीशास्त्रको पूर्नब्याख्याको आवश्यकता समेत हामी माझ ल्याएको छ । यस्तो विषम परिस्थितिमा के गर्ने के नगर्ने ? कसरी आफु आफ्नो परिवार आफ्नो समाज, आफ्नो देश, आफ्नो विश्व ब्रहमाण्डको सुरक्षा गर्ने बाँच्ने र बचाउने ? हाम्रा दैनिक जिवनलाई कसरी सहज बनाउने र मानवीय संकटबाट कसरी पार पाउने भन्ने विषयमा एकरुपता आउनु आवश्यक छ र हामीले गर्ने सबै कामहरु मानवकल्याण र साझा हितमा हुनुपर्ने भएकाले, तत्कालका लागि एक कार्य आचार संहिताको निर्देशिका बन्नु आवश्यक छ । त्यसका लागि दलित गैर सरकारी संस्था महासंघका प्रमुख सल्लाहकार समितिका संयोजक तथा मानव अधिकारकर्मी गणेश विके ज्यूलाई मस्यौदा तयारीको लागि जिम्मेवारी दिने र रेम विश्वकर्मा, प्रदिप परियार, रेनु सिजापतिलगायतका व्यक्तिहरुले समेत सहयोग गर्ने निर्णय गरियो । मस्यौदा लाई इमेलबाट सल्लाह र सुझावका लागि सम्पूर्ण सदस्यहरुमा पेश गरि अर्को बैठक बाट पारित गर्ने निर्णय गरियो ।

निर्णय नं. ५  :
प्रस्ताव नं. ५ माथि छलफल गर्दा यस्तो विषम परिस्थितिमा फण्डराइजिग तथा राहत संँकलनका लागि नेपाल भित्र र बाहिर रहेका दलितको हितमा कार्य गर्ने विभिन्न संँस्थाहरु, व्यक्तिहरु, शुभचिन्तकहरु, दाता तथा दातृनिकाय सँग आव्हान गर्ने निर्णय गरियो । उक्त संकलित रकमको परिचालनको लागि एक विशेष कार्यविधि निर्माण गर्ने समेत निर्णय गरियो ।

निर्णय नं. ६ :
प्रस्ताव नं. ६ माथि छलफल गर्दा सबैले आफुले पाएको जानकारी सबैलाई आदान प्रदान गर्ने त्यसका लागि संयुक्त फेसबुक आइडी तयार गर्ने । हरेक हप्ता अनलाइन बैठक बस्नका लागि डिएनएफले संचार तथा समन्वय गरि उपयुक्त एपको जानकारी गराउन ।
निर्णय ७ः
प्रस्ताव नं. ७ माथि छलफल गर्दा दलित समुदायमा रहेका विज्ञ एवं विशेषज्ञहरुको विशेष सहयोगमा एक स्वेतपत्र तयार गरि सार्वजनिकीकरण गर्ने निर्णय गरियो । उक्त स्वेतपत्र तयारी गर्न आगामी वैठकबाट एक विज्ञ टोली समेत निर्माण गर्ने निर्णय गरियो ।

निर्णय ८ः
प्रस्ताव नं. ८ माथि छलफल गर्दा विश्वलाई नै आतंकित पार्ने कोरोना माहामारीबाट दलित समुदायलाई संरक्षण र पुनस्थापित गर्न सिमित व्यक्ति संस्था र निकायको प्रयास मात्र प्रयाप्त नहुने र दलित समुदायका राजनीतिक नेता, जनवर्गिय संगठन र सांसदहरुको समेत उत्तिकै प्रयास हुन जरुरी भएको हुँदा तत् तत् निकाय एवं व्यक्तिहरुलाई समेत विशेष पहलका लागि आव्हान गर्ने निर्णय गरियो ।

निर्णय ९ः
प्रस्ताव नं. ९ माथि छलफल गर्दा कोरोना विपत्तिबाट दलित समुदायलाई पुनस्थापित गर्न आर्थिक, सामाजिक विश्लेषण गरि नीति र योजना निर्माण गरि सरकार र अन्य सरोकारवाला समक्ष प्रस्तुत गरि लागू गराउन पहल गर्न आवश्यक भएको हुँदा उक्त विश्लेषणको लागि एक विज्ञ टोली गठन गर्ने समेत निर्णय गरियो ।

निर्णय १०ः
प्रस्ताव नं. ८ माथि छलफल गर्दा कोरोना महामारी विरुद्ध दलित नागरिक अभियान संचालन गर्न एक सचिवालयको समेत आवश्यकता हुने भएको हुँदा दलित गैर सरकारी संस्था महासंघलाई सचिवालयको भूमिका खेल्ने जिम्मेवारी दिने निर्णय गरियो ।

निर्णय ११ः 
प्रस्ताव नं. ८ माथि छलफल गर्दा कोरोनाको यस महाविपत्तिमा नागरिक अभियानको बैठक नियमित रुपमा बसी छलफल गर्नुपर्ने भएको हुँदा प्रत्येक हप्ता भर्चुअल मिटिङ बस्ने निर्णय गरियो ।सबैलाई धन्यवाद सहित करिब १ घण्टा ४५ मिनेट लामो बैठक समापन गरिएको निर्णय गरियो ।

बैठकमा उपस्थितहरु

१. भक्त विश्वकर्मा  : कार्य बाहक अध्यक्ष, दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)
२. गणेश विके  : राष्ट्रिय दलित नेटवर्क अध्यक्ष तथा दलित गैर सरकारी संस्था महासंघका प्रमुख सल्लाहाकार
३. तिर्थ बर्मा, ग्लोवल फोरोम
४. कला स्वर्णकार ( दलित महिला संघ, अध्यक्ष )
५. रेम विश्वकर्मा (जागरण मिडीया सेन्टर)
६. इश्वरी प्रसाद विश्वकर्मा, दलित सेवा संघ
७. प्रदिप परियारः समता फाउण्डेसन अध्यक्ष )
८. चेत नारायण रसाइली, मर्यादा फाउण्डेसन
९. राजन लोहनी , जनउत्थान प्रतिष्ठान
१०. रेनु सिजापती, दलित महिला संघ, फेडो ।
११. धन बहादुर मिजार, दलित गैर सरकारी संस्था महासंघ, (डिएनएफ)
१२. जेवी विश्वकर्मा  : दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)
१३. सन्जु सिंह विश्वकर्मा, दलित गैसस महासंघ(डिएनएफ)
१४ ईमान सुनार, कार्यकारी निर्देशक दलित गैर सरकारी संस्या महासंघ(डिएनएफ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank