भोलिदेखि कलंकीको अन्डरपास सञ्चालनमा आउने

दलित अनलाईन ३१ श्रावण २०७५, बिहीबार २३:१५

काठमाडौं-  नेपालमा पहिलोपटक बनेको काठमाडौंको कलंकी चोकमा निर्माण भएको अन्डर वे पास भदौ १ गते ९भोलि०देखि सञ्चालनमा आउने भएको छ ।

कुल ८ सय मिटर लामो अन्डरपास कलंकी चोकबाट बल्खु र सीतापाइला दुवैतर्फ ४ र ४ सय मिटर लामो छ । चिनियाँ कम्पनी ‘द थर्ड रेल्वे एण्ड डिजाइन इन्स्टिच्युट गु्रप कर्पोरेसन’को डिजाइनअनुसार कलंकीमा नेपालकै पहिलो अन्डरपास बनेको हो ।

अन्डरपास सञ्चालनमा आएपछि कलंकी चोकमा जाम कम हुने विश्वास गरिएको छ । साउनमै सञ्चालनमा ल्याउने भनिएको अन्डर वे पास पर्याप्त घाम नलागेपछि सिलकोट गर्न नपाउँदा ढिलाइ भएको थियो ।

बल्खुबाट सीतापाइलातर्फ जाने गाडीहरू र स्वयम्भुबाट बल्खुतर्फ जाने अर्थात चक्रपथ परिक्रमा गर्ने गाडीहरू अन्डरपास भएर चल्नेछन् । थानकोटतर्फबाट काठमाडौं उपत्यकामा भित्रिने र नयाँ बसपार्कतर्फ जानेहरू बायाँतर्फ जानुपर्ने हुन्छ । त्यस्तै थानकोटबाट कालीमाटीतर्फ जाने गाडीहरू सिधा माथिबाट र बल्खुतर्फ जाने गाडीहरू दायाँतर्फ जनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank