धादिङ– धादिङ त्रिपुरासुन्दरी गाउपालिका वडा नं. ७ स्थायी घर भएकी १८ वर्षीय लक्ष्मी परियार वसुन्धाराको स्पिड गेष्ट हाउसमा मृत फेला परेकी छन् । उनी उक्त गेष्ट हाउसमा भदौ ७ गतेदेखि नै श्रीमान अनिल परियारसंग बस्दै आएकी गेष्ट हाउस संचालक मनोज तामाङले बताएका छन् ।
१२ गते बेलुका खाना खाएर श्रीमानसंगै सुतेको संचालक तामाङको भनाइ छ । १३ गते मनोजको छोरालाई लक्ष्मीका श्रीमानले फोन गरेर हामीलाई खान नबनाउनु म नानी (लक्ष्मी) लाई लिएर हस्पिटल जादैछु भनेका थिए । त्यसकै बेलुका पनि पुन फोन गरेर नानीलाई हस्पिटलमै राख्नुपर्ने भयो बेलुकी पनि खाना नबनाउनु भनेर फोन गरेका थिए ।
१४ गते बेलुका ४ बजे होटेल संचालकका छोरा आफैले फोन गरेर आउने नआउने बारे सोध्न खोज्दा अनिलको मोबाइल अफ भएको मनोजले बताए ।
शुक्रबार गेष्ट हाउस संचालकका छिमेकी सहकारी संचालकले वरीपरी गन्ध आएको भन्दै खबर गरेपछि कोठामा हेर्दा लक्ष्मी मृत फेला परेकी थिइन् ।
त्यसपछि प्रहरीले होटल संचालक मनोजलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने लक्ष्मीका श्रीमान अनिल फरार छन् ।
Leave a Reply