काठमाडौं — नेपाल खो खो महिला विश्वकपको फाइनलमा पुगेको छ। भारतमा जारी विश्वकपमा शनिवार युगान्डालाई पराजित गर्दै नेपाली टोली पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।
नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी हलमा भएको खेलमा नेपालले सेमिफाइनल खेलमा युगान्डालाई ८९–१८ को फराकिलो अन्तरले पराजित गरेको हो ।
अब नेपालले फाइनलमा अर्को सेमी फाइनलका प्रतिस्पर्धी दक्षिण अफ्रिका र भारतबिचको विजेता टोलीसँग सामना गर्ने छ।
नेपालले ऐतिहासिक फाइनलमा पुग्दासम्म अपराजित रह्यो। जसमा हालसम्म भएका सबै ६ खेलमा जित निकालेको हो । यसअघि समूह चरणमा भुटान, जर्मनी, श्रीलङ्का, बाङ्लादेशलाई नेपालले पराजित गरेको थियो ।
क्वार्टर फाइनलमा इरानलाई १०३–८ अङ्कको अन्तरले हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो ।
यस्तै नेपालको पुरुष टोली पनि सेमिफाइनलमा पुगेको छ । जहाँ शनिवारै इरानसँग प्रतिस्पर्धा गर्नेछ ।
Leave a Reply