सोती घटनाः बुधबारसम्म फैसला दिने अदालतकाे तयारी

दलित अनलाईन १८ मंसिर २०८०, सोमबार १७:२२

रुकुम पश्चिम— रुकुम पश्चिमको सोती घटनाको अन्तिम फैसलाका लागि जिल्ला अदालत रुकुम पश्चिममा बहस भइरहेको छ।  सोमबार (आज) बहसको दोस्रो दिन हो। आइबारबाट भएको बहसमा आइतबार सरकारवादी (पीडित)को पक्षबाट ९ जनाले बसह गरे।

वादीका तर्फ १७ जना रहेकोमा बाँकीले सोमबार बहस गरिरहेका छन्। प्रतिवादीकातर्फबाट बहस गर्न ७ जना वकिल छन्।  वादी र प्रतिवादीका तर्फबाट गरी २४ जना वकिल रहेकामा सबैको बहस मंगलबार (भोलि)सम्म सकिने अनुमान छ।

रुकुम जिल्ला अदालत (रुकुम पश्चिम)का न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासमा भइरहेको बसहमा बुधबारसम्म फैसला दिने तयारी अदालतकाे गरिरहेकाे छ।  बहसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, ‘आज र भोलिसम्म बसह सकिन्छ होला। त्यसपछि फैसला आइहाल्छ।’

तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको थियो।  उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए।

दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।

घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।

घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।

यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank