दलितलाई होच्याउन डुम पँधेरो

दलित अनलाईन १६ आश्विन २०७५, मंगलवार २३:११

शेर बहादुर सार्की

बाजुरा-सार्वजनिक कुवामा दलित परिवारलाई नजिक पर्न नदिएपछि बाजुरा स्थित बुढीगंगा नगरपालिका बदेडा गाँउका ४५ घरधनी दलित परिवारले छुट्टै कुवा खनाए । तर त्यसरी खनिएको कुवालाई गैरदलितहरुले होच्याउँदै कुवाको नाम नै डुम पँधेरो राखिदिएका छन् ।
तथाकथित उच्च जातिले पानी भर्ने कुवा छोईन्छ भनि दलित समुदायले गाउँ बाहिर छुट्टै कुवा खनेर पानी भर्दै आईरहेकाछन् । पछिल्लो समय केहि गैरदलित युवाहरुले पानी पिउन थालेपनि त्यस कुवाबाट पुराना पुस्ताले अहिले सम्म पानी पिएको उदाहरण छैन ।
२०६३ साल जेष्ठ २१ गते जातीय भेदभावको अन्त्य भएको घोषणा गरिएको भएपनि बाजुराका गाउँगाउँमा सार्वजनिक थलोमा यस्ता छुवाछुत व्यापक रहेको छ । धेरै सार्वजनिक स्थलमा दलितहरुले पानी पिउनै पाउँदैनन ।
दलितलाई अझै मठ मन्दिरमा प्रवेश गर्न दिईएकोछैन । जिल्लाको प्रमुख मानिने तीर्थस्थल बडीमालिकामा दलितहरुको प्रवेश भएपनि गाँउमा रहेका अन्य कुनै पनि मन्दिरमा दलितहरुको प्रवेश त परै जावस मन्दिरलाई छुन समेत दिईदैंन । जबकि जिल्लामा दलित समुदायले मन्दिर प्रवेश आन्दोलन चलाएकोपनि लामो भैसक्यो ।

सुदुरपश्चिमका जिल्लाहरु मध्ये बाजुरामा सवै भन्दा बढी जातीय छुवाछुत तथा भेदभाव हुने गरेको दलित अभियन्ताहरु बताउँछन् । ‘जातीय छुवाछुतका कारण हामीले होटल र दुग्ध ब्यावसाय चलाउन सकिरहेकाछैनौं ।’ दलित नेटवर्कका सचेन्द्र नेपाली भन्छन, ‘ त्यसैले हामीले गाउँ र नगरमा छुवाछुत विरुद्ध आन्दोलन चलाईरहेकाछौं ।’
नेपालको संविधान २०७२ले जातीयताका आधारमा कसैलाई उचनिच गर्न र कुनै प्रकारको भेदभाव गर्न नपाईने प्रष्ट लेखिएतापनि बाजुरामा भने दलितहरुको अवस्था जस्ताको तस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank